आचरण सिकाउन स्थानीय पाठ्यक्रम

0
1289

बिर्तामोड।

बिर्तामोड नगरपालिकाले नगर क्षेत्र भित्र रहेका विद्यालयका लागि स्थानीय पाठ्यक्रम तयार गरेको छ ।

आचरण सचेतना शिक्षा प्रदान गर्न नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको शिक्षा शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार कक्षा ३ र ४ का लागि नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको हो ।

प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ ले राज्यको संघीय ढाँचा अन्तरगत स्थानीय आवश्यकता , स्थानीय विषय क्षेत्र र शैक्षिक व्यवस्था अनुरुपको सन्दर्भ सुहाउँदो पाठ्यक्रम निर्माण गरी लागू गर्ने अधिकार स्थानीय तहलाई दिएको हुँदा विर्तामोड नगरपालिका क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयले स्थानीय विषयका रुपमा स्थानीय पाठ्यक्रम तयार गरेको बताइएको छ । सामाजिक आवश्यकता अनुसारको समय सापेक्ष विषय वस्तुलाई समेटेर आचरण सचेतना शिक्षा नामक अलग्गै पाठ्यक्रम तयार गरेको र शैक्षिक सत्र २०७६ वाट नै लागू गरिएको नगरशिक्षा प्रमुख पाण्डेले जानकारी दिए ।

नगर शिक्षा प्रमुख (उपसचिव)पाण्डेको संयोजकत्वमा गठित समितिले पाठ्यक्रमविद् नेपाल सरकारका पूर्व उपसचिव योगराज भट्टराईको सल्लाह अनुसार पाठ्यक्रम तयार गरिएको बिर्तामोड नगरपालिकाले जनाएको छ । नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको परिकल्पनामा बालबालिकाको नैतिक, व्यवहारिक र व्यक्तित्व विकास सहितको विद्यालय शिक्षामा गुणात्मक परिर्वतन गर्न यो पाठ्यक्रम तयार गरिएको बताइएको छ ।

प्राथमिक विद्यालय पाठ्यक्रमले प्राथमिक तहभर स्थानीय तहमा मातृभाषा÷स्थानीय विषयगत पाठ्यक्रम निर्माण गरी पठन–पाठन गर्नु पर्ने व्यवस्था गरेको छ । बिर्तामोड नगरपालिका भित्रका विद्यालयमा बालबालिकालाई दैनिक व्यवहारसँंग सम्वन्धित विषयवस्तुहरु विशेषतः बालबालिकाको व्यक्तित्व विकास, स्वास्थ्य, भोजन, वातावरण, यातायात, र सञ्चार प्रविधि सम्वन्धि ज्ञान, सिप र सकारात्मक व्यवहार परिर्वतन गर्न सचेतना शिक्षाको आवश्यकता महसुस गरी स्थानीय पाठ्यक्रम निमाण गरिएको नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले बताए ।

यसमा स्थानीय पाठ्यक्रमलाई उपयोगी र व्यवहारमूलक बनाउन प्रयास गरिएको, विषयवस्तुको क्षेत्र र क्रम प्रस्तुत गरिएको, शिक्षण सिकाइ क्रियाकलाप र मूल्याङ्कनको प्रक्रिया निर्देश गरिएको बताइएको छ । त्यस्तै उपयुक्त पाठ्यवस्तु छनौट एवम् बालबालिकाको क्षमता र स्तरमा सचेततापूर्वक सीमाङ्कन गरिएको बताइएको छ ।

पाठ्यक्रम तयार गर्दा तहगत साधारण उद्देश्य समेत तयार गरेको छ । जसमा आधारभूत तहको अन्त्यमा बालबालिकाहरुले आचरण तथा आत्मरक्षा, व्यक्तित्व विकास, पोषण स्वास्थ्य र योग शिक्षा, हाम्रो धर्म, संस्कृति र स्थानीय लोकवाजा, यातायात तथा सञ्चार र प्रविधि, वातावरण , प्राकृतिक प्रकोप र प्रदुषण नियन्त्रणका विषयमा ज्ञान आर्जन गर्न सक्नेछन् भनिएको छ ।

विद्यार्थीले सिकाइ उपलब्धिमा आफ्नो परिवार, नातेदार तथा अन्य पाहुनाहरुको सम्मान र सत्कार गर्न सक्षम हुनेछन् भनिएको छ । त्यस्तै आफूभन्दा सानालाई माया र संरक्षण, आफूसमानका साथी र आफूले मान्नु पर्ने व्यक्तिसंँग शिष्टाचार पूर्वक व्यवहार गर्न सक्नेछन् भनिएको छ । त्यस्तै विद्यार्थीले असल चरित्र विकास गर्न सहयोग पु¥याउने बोलीबचनको प्रयोग र आफू, आफ्नो परिावर, समुदाय र वातावरणप्रति सकारात्क सोच तथा व्यवहार प्रदर्शन गर्न अब्बल हुनेछन् भनिएको छ ।

अपरिचित व्यक्तिसँंग सहयोग र सद्भावनाको विकास र अवलम्वन गर्न समेत विद्यार्थी सक्षम हुने भनिएको छ ।
आफूहरुले प्रयोग गर्ने सामानहरुको सुरक्षा र जतन गर्न समेत नगरपालिकाले तयार गरेको पाठ्यक्रमले सिकाउने नगर शिक्षा अधिकृत पाण्डेले बताए ।

यो आर्थिक वर्षभित्र नगर भित्र रहेका कक्षा तीन र चारका झण्डै पाँच हजार विद्यार्थीलाई पुस्तक वितरण गरिने र अर्काे आर्थिक बर्षबाट क्रमागत रुपमा विद्यार्थीलाई पाठ्यक्रम थप गर्दै जाने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here