स्वस्थ जीवनका लागि चिकित्सकको सुझाव: रोगबाट बच्न जीवनशैली सुधार

0
613

बिर्तामोड।

तपाईंको खानपान र जीवनशैली कस्तो छ ? अस्वस्थकर खानपान र निष्क्रिय तथा अस्तव्यस्त जीवनशैली छ भने तपाईं नसर्ने रोगको जोखिम हुन सक्नुहुन्छ । नसर्ने रोगको खतरा अहिले नेपालमा बढ्दै गएकाले बेलैमा ध्यान पु¥याउन विज्ञहरूले सुझाव दिएका छन् । बढ्दो रूपमा देखिएका नसर्ने रोगहरूमा मुटुरोग, क्यान्सर, फोक्सोजन्य रोग,मधुमेह, उच्च रक्तचाप र मानसिक रोग रहेका छन् ।

केही वर्षअघिसम्म नेपालमा सरुवा रोगका कारण धेरै मानिसको मृत्यु हुनेगरेको थियो । आधुनिकतासँगै मानिसको जीवनशैलीमा आएको परिवर्तनले सरुवा रोग घट्दै गएको बताइएको छ । तर, नसर्ने रोगको जोखिम भने बढ्दै गएको विभिन्न तथ्यांकहरूले देखाएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर बर्सेनि हुने ५ करोड ७० लाख मृत्युमध्ये ३ करोड ६० लाख नसर्ने रोगबाट हुने गरेको छ । यो संख्या कुल मृत्युको करिब ६३ प्रतिशत हो । नेपालका अस्पतालमा हुने मृत्युमध्ये ७० प्रतिशत नसर्ने रोगबाट मानिसको मृत्यु हुनेगरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

नसर्ने रोग यही अनुपातमा बढ्दै जाने हो भने सन् २०२० सम्ममा महामारीका रूपमा फैलिने र यसले प्रत्येक परिवारलाई प्रभावित पार्ने विश्व स्वास्थ्य संगठनल चेतावनी दिइसकेको छ । बदलिँदो जीवनशैली, अव्यवस्थित खानपान र रहनसहनका कारण अहिलेका युवा पुस्तामा उच्च रक्तचाप र यसका कारण हुने हृदयघात, मतिष्कघात (स्ट्रोक) र मृर्गौला खराबीका समस्या बढ्दै गएको चिकित्सकहरुले बताए । यस्ता समस्याहरूबाट बच्न समयमै जीवनशैली र खानपानमा सुधार गर्न सके पछिल्ला दिनमा नसर्ने रोगको कारण मृत्यु हुनेहरूको संख्या उल्लेख्य रूपमा बढ्ने उनको धारणा छ ।

नेपालमा वर्षेनी नसर्ने रोगको समस्या बढ्दै गइरहेका बेला सामाजिक विकास मन्त्रालय अन्र्तगत प्रदेश–१ सरकारले हरेक टोल–टोलमा मात्रै नभएर हरेक घर–घरमा स्वस्थ जीवन कार्यक्रम शुरु गरेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीले स्वस्थ जीवन कार्यक्रय शुरु गरेसंगै गाँउ–गाँउमा चेतनामुलक कार्यक्रम शुरु गरेको छ ।

स्वास्थ्य केन्द्रले एक घर, पाँच योग,जडिबुट्टी, पाँच सकारात्मक ब्यवहार परिर्वतन, मेरोघर मेरो आँगन म आफैं सफा गर्छु, समुदायको सरसफाई, मेरो दायित्व लगायतका विभिन्न नाराका साथ हरेक घरमा यो कार्यक्रमसंगै परिर्वतन समेत ल्याउने लक्ष्य लिएर झापाका सबै स्थानीय तहमा कार्यक्रमहरु शुरु गरेको जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र चन्द्रगढीका कविराज निरीक्षक स्वस्थ जीवन कार्याक्रम झापाका संयोजक हरेन्द्र साहले बताए ।

कार्यक्रम अन्तरगत सबै उमेर, वर्ग र समुदायका जनतामा स्वस्थ रहन अपनाउनु पर्ने उपायको बारेमा छलफल चलाउँदै अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिरहेको भन्दै साहले भने – ‘नागरिकमा स्वस्थ जीवनशैलीका लागि अपनाउने तरिका, आधारभूत योग, स्थानीय स्तरमा पाइने अत्यावश्यक जडिबुटीको बारे ज्ञान दिने, साथमा ऋतुचर्या, दिनचर्या, धारणीय÷अधारणीय वेग, घर, चर्पी, समुदायको सरसफाई, पोषण आदिको बारेमा ज्ञान दिइन्छ ।’

स्वस्थ जीवनशैली मापन गरी आरोग्यता प्राप्तीको परिकल्पना सहित यो कार्यक्रम लागू भएको उनले बताए । झापामा नसर्ने रोगको जोखिम बढ्दै गएको भन्दै उनले भने– नसर्ने रोग निर्मूल पार्ने उपाय सिकाइन्छ । जवकी नसर्ने रोगले विस्तारै महामारीको रुप लिन्छ त्यसलाई घटाउन यो कार्यक्रम कोषेढुङ्गा हुने विश्वास गरिएको छ ।

के हो नसर्ने रोग ?

एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने (वंशाणुगतबाहेक) र ढिलो असर र लक्षण देखाउने दीर्घ रोगहरूलाई नसर्ने रोग भनिन्छ । नसर्ने रोगको धेरै ढिलो गरी लक्षण देखिने र लक्षण देखिँदा गम्भीर अवस्थामा बिरामी पुग्ने विशेषता हुन्छ ।

यस्तो रोग लागिसकेपछि उपचारमा आजीवन औषधि सेवन गर्नुपर्ने अवस्था पनि हुन्छ । अहिले प्रत्येक घरमा कोही न कोही नसर्ने रोगका बिरामी भेटिएको भन्दै प्रदेश सरकारले दिर्घकालिन योजना सहित स्वस्थ जीवन कार्यक्रम शुरु गरेको बाह्रदशी गाँउपालिकाका आर्युवेद शाखाका प्रमुख अनिल ठाकुर बताए ।

नसर्ने रोगको उपचार महँगो हुने र आजीवन औषधि सेवन गर्नुपर्ने भएकाले सामान्य आय भएका व्यक्ति र राज्यले पनि उपचार धान्न नसक्ने भएकाले समयमै ध्यान पु¥याउनुपर्नेमा ठाकुरले जोड दिए । नसर्ने रोगका कारक तत्वमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग, अव्यवस्थित खानपान, परिवर्तित जीवनशैली र व्यायामको कमी रहेको चिकित्सकहरुको भनाई छ ।

बाह्रदशीमा २,१०३ रोगी

झापाको बाह्रदशीमा नसर्ने रोगका दुई हजार एक सय ३ जना रोगी रहेको गाँउपालिकाको पाश्र्व चित्रमा उल्लेख गरिएको छ ।

नसर्ने रोगको जोखिम बढेर प्रदेश सरकारले कार्यक्रम सञ्चालन गरिरहेपनि गाँउपालिकामा नै सोमबार भएको कार्यक्रममा अध्यक्ष खड्गप्रसाद राजवंशी भने सहभागि भएनन् । सोही कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख रामकुमार साह पनि सहभागि भएनन् ।

जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र चन्द्रगढीका कविराज निरीक्षक स्वस्थ जीवन कार्याक्रम झापाका संयोजक हरेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कार्यकारी अधिकृत सुवास श्रेष्ठ, सामाजिक स्वास्थ्य संयोजक जानकी खड्का,विभिन्न वडाका जनप्रतिनिधि, स्वास्थ्य स्वम्सेवीकाहरु, शिक्षक लगायत विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण टेकनाथ अर्याल, हरेन्द्र साह र ओम खड्काले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here