बिद्यालयमा निःशुल्क दन्तशिविर सम्पन्न, १ सय ३० जना रेफर

0
708

अजयकुमार मण्डल / विराटनगर ।

विराटनगर नर्सिगं होम र होलीलेन्ड इङिग्लस बोर्डिङ स्कूल बिराटनगर १२ को सयुक्त सहकार्यमा १ दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

कक्षा १ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने सरकारको निति अनुसार नै बिराटनगर महानगरपालिका भित्र दाँतको समस्या भएका बिरामीहरु छात्रा तथा छात्रहरु भेटिएपछि स्वास्थ्य संस्था विराट नर्सिङ्होम विराटनगरको सहयोगमा २ सय ७० जना बिद्यार्थीहरुको निःशुल्क दन्त परिक्षण गरिएको हो ।

डेन्टल चिकित्सक डा.लक्ष्मी प्रसाद चापागाईँको नेतृत्वमा रहेको चिकित्सकको टोलीले बिद्यार्थीको दन्त परिक्षण गरेका थिए । बिषेश गरी दाँतमा हुने फोहोर, किराले सताउने रोग लगायत मुख र दाँतमा आउने समस्या नै बिद्यार्थीहरुमा देखिएको डा. लक्ष्मीप्रसाद चापागाईँले बताउनुभयो ।

परिक्षण शिबिरबाट समस्या अलि बढी भएका एक सय ३० जना बिद्यार्थीहरुलाई नजिकैको अस्पताल वा बिराट नर्सिग होममा थप उपचारका लागि रेफर गरिएको समेत बताउनु भयो । उपचार गर्न आउने बिद्यार्थीहरुलाई निःशुल्क औषधी समेत बितरण गरिएको थियो । नियमित घरमै नगं, मुख, दाँत सफा राख्न सके यस्तो समस्या नहुने डा. चापागाईँको भनाई छ ।

दाँँतमा समस्या आए पछि श्वास फेर्दा गन्ध आउने हुदां बिद्यार्थीहरु झन समस्यामा पर्दछन् र नजिकैको साथीले समेत उसलाई हेर्ने दृष्टिकोण फरक आउने हुदा समयमा अबिभावकहरु सजग हुनु पर्ने शिबिरमा सम्लग्न डा. सेफलि कोईरालाले बताएकी छिन् । होलिलेन्ड बोडिङ् स्कुलमा निःशुल्क दन्त शिबिरमा चेक जाँच गर्दा धेरै बिधार्थीहरुलाई दाँतमा किरा लागेको, दाँत फोहोर भएर गिजा प्याँकेको साथै दाँत नमिलेका धेरै बिधार्थीहरु देखा परेका छन् ।

बिधार्थीहरुलाई दाँत सफा राख्न उपचारको क्रममा चिक्तिसकले बताएका छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत बिगत बर्षहरु देखि नै विराट नर्सिङ् होमले ग्रामिण स्थानहरु गएर निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्दै आएको अस्पताल प्रशासन प्रमुख पदम बिनाडीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here