मिसेस चितवन २०१९ को उपाधि जमुनालाई

0
564

समिक्षा पुरी ,कालिका ।

मिसेस चितवन २०१९ को उपाधि भरतपुरकी जमुना श्रेष्ठले जितेकी छन् ।भ्याली स्टेट कलेजकी प्रिन्सीपल समेत रहेकी श्रेष्ठले अन्य २१ प्रतिस्पर्धीहरुलाई पछि पार्दै सो उपाधि जितेकी हुन् ।

दुई सन्तानकी आमा श्रेष्ठले मिसेस चितवनको ताजसंगै नगद ५० हजार रुपैया सहित आकर्षक गिफ्ट हृयाम्परसमेत पाइन् । उनले मिसेस ट्यालेन्टको अवार्डसमेत हात पारिन् ।

यस्तै फस्ट रनर अप प्रभा अधिकारी भइन् भने सेकेण्ड रनर अप सजना अधिकारी बनिन् । प्रतिक्षा पन्त थर्ड रनर अप बन्न सफल भएकी छिन् । उनीहरुले क्रमश ३० हजार, २० हजार ,१० हजार रुपैँया सहित बिभिन्न उपहारहरु प्राप्त गरेका छन् ।

प्रभा अधिकारीले मिसेस मल्टिमिडिया र मिसेस कन्जेनियालिटीको अवार्ड जितिन् । यस्तै सजना अधिकारीले मिसेस पर्सानालिटी र प्रतिक्षा पन्तले मिसेस क्याटवाकको अवार्ड हात पारिन् ।

बेस्ट फिगर अवार्ड मिना अले मगर , बेस्ट हेयर अवार्ड सुश्मा राज भण्डारी , बेस्ट स्किन अवार्ड सरिता काफ्ले केसी , बेस्ट स्माइल अवार्ड सिता घले , मिसेस एक्टिभ अवार्ड सुवर्ण विश्वकर्मा , मिसेस ब्युटिफुल अवार्ड अस्मिता सुबेदी , मिसेस कन्फिडेन्ट अवार्ड आरती डल्लाकोटी , मिसेस क्रिएटिभ अवार्ड चिना गुरुङ पिया , मिसेस फोटोजेनिक अवार्ड सोमामाया लामा , मिसेस डिसिप्लिन अवार्ड सुनिता तामाङ थापा , मिसेस फ्रेण्ड्ली अवार्ड प्रतिक्षा पन्ती बरालि , मिसेस पर्फेक्ट अवार्ड सरिता थापा ,मिसेस पङ्चुवालिटी अवार्ड सन्तोषी रिजाल , मिसेस स्ट्याएलिस अवार्ड सरु लामा , मिसेस सोसियल रेस्पन्सिबिलिटी अवार्ड सुश्मिता श्रेष्ठ ,मिसेस इनर्जे्टिक अवार्ड कबिता श्रेष्ठ र बेष्ट डिजाईनर अवार्ड प्रतिभा कण्डेलले जितिन् ।

दाताज ईभेन्ट्सको तर्फबाट दुर्गा घिमिरे र मिना झा कार्यक्रम संयोजक रहेका थिए । प्रतियोगिता सोमबार राति १० बजे सकिएको थियो । निर्णायकको भूमिकामा आयोजक तर्फबाट फोटोग्राफर राजभाई सुवाल, अभिनेत्री सञ्चीता लुईटेल , दंत चिकित्सक डा.अच्युत पोखरेल ,मीसेस पोखरा सविता पाण्डे थिए ।

प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर जयन सुब्बा मानन्धरले विभिन्न विद्यामा प्रशिक्षण दिएकी थिईन् । पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथीको रुपमा डाक्टर रामबाबु गिरी रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here