करणी आरोपमा बाबु पक्राउ,गाई करणी मुद्दा गाउँमै मिल्यो

0
1153

विनोद सापकोटा/झापा।

झापाको शिवसताक्षीमा आफ्नै भाञ्जी बलात्कार गरेको घटना सेलाउन नपाउँदै गम्भीर प्रकृतिका थप दुई घटना सार्वजनिक भएका छन् । यी घटना दुई साताको अवधिमा भएका हुन् ।

जिल्लाको शिवसताक्षी नगरपालिका –७ व्याँङ्डाँडामा गएको आइतबार अर्थात असार १ गतेको हो । त्यहाँका एक जना ३८ वर्षीय बाबुले आफ्नै छोरी बलात्कार गरेको आरोप सार्वजनिक भएको छ । त्यस्तै उनका छिमेकी ६० वर्षीय वृद्धलाई गाई करणीको आरोप लागेको छ । ११ वर्षीय छोरीलाई करणी गर्ने वाबुलाई प्रहरीले तत्काल पक्राउ गरेको छ भने गाई करणी गर्ने वृद्धको मुद्दा गाँउमै मिलेको बताइएको छ ।

घटना १

असार १ गते दिउँसो १२ बजे काम सकेर बालिकाका बाबु खाना खान घर आएका थिए । उनी मजदुर हुन् । घरमा उनी दिउँसो ४ बजेसम्म बसेको उनकी श्रीमतीले बताइन् । त्यसपछि उनले घर नजिकैको व्याँङ्डाँडा बजारको एउटा भट्टी पसलमा गएर मदिरा पिएको उनकै श्रीमतीबाट खुल्न आएको छ । बालिकाकी आमाका अनुसार साँझ छ बजेतिर बावुले छोरीलाई खेलाउँदै गर्दा करणी गरेका हुन् ।

घटना पछि ११ वर्षीया छोरी चिच्याउन थालेको सुनेर आमा के भयो भन्दै छोरी भएठाउँ गएकी थिइन् । आमाले फकाउँदै बोकेपछि छोरी रुन छाडेको उनले प्रहरी समक्ष बयान दिएकी छन् । मैले त्यतिबेला पनि थाहा पाँइन्– आमाले प्रहरी संँग भनिन् –रातभरि छोरी पीडाले रुन, कराउन र चिच्याउन थालेपछि मैले छोरीको यौनाङ्ग हेरें, त्यतिबेलामात्र थाहा भयो बाबुले छोरी करणी गरेछन् ।

त्यसपछि हामीबीच सोमबार बिहान झगडा भयो । गाउँका सबै गाउँले जम्मा भए । गाउँलेले मलाई सोधे, तर मैले भन्न सकिँन । गाउँलेले लोग्ने स्वास्नीको झगडा भनेर खासै महत्व पनि दिएनन् । गाउँले आ–आफ्ना घरमा फर्केपछि पाँचथरको गोपेटारबाट छिमेकीको घरमा पाहुना आएका एकजनाले सबै कुरा सोधे ।

प्रहरीसंँगको बयानमा आमाले भनिन्– त्यो बेला मैले घटनाको नालीबेली सवै बताएँ । घटनाको बेलीबिस्तार सुनेका छिमेकीका पाहुना गोपेटार पुगेर इलाका प्रहरी कार्यालय शिवगञ्जलाई जानकारी गराए । प्रहरीले बाबुको खोजी गर्यो । त्यतिवेला उनी फरार भइसकेका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेको चलाखीले उनी सोमबार बेलुका पक्राउ परे । छोरी बलात्कार गर्ने बाबु अहिले इलाका प्रहरी कार्यालय झिलझिलेको अनुसन्धानका क्रममा हिरासत छन् ।

घटनापछि प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गरेको छ । प्रहरी श्रोतका अनुसार बालिकाको यौनाङ्ग च्यातिएको छ । महिला प्रहरीले पीडित बालिकासंँग पनि घटनाको बारेमा जानकारी लिएको छ ।
घटना २
असार १ गते साँझ शिवसताक्षी नगरपालिका –७ व्याँङडाडा बस्ने ६० बर्षीय एक व्यक्तिलाई छिमेकीको गाई करणी गरेको आरोप लाग्यो । बालिका र गाई करणी भएको घटना एउटै गाउँमा, एकै दिन, आधा घण्टाको समयको फरकमा भएको हो ।
उनले छिमेकीको गोठमा बाँधेको गाईलाई करणी गरे । करणी गर्दैगरेको भिडियो स्थानीय एक छिमेकीले खिचेकी छिन् । स्थानीयले भने– गम्भीर प्रकृतिका दुई घटना मध्ये गाई करणी गरेको घटना गाउँमै मिलाइयो । श्रोतका अनुसार गाउँका अगुवा पनि गाई करणी गरेको घटना मिलाउने कार्यमा सक्रिय देखिए ।

तर, पञ्चायतीमा को–को थिए भन्ने कसैले खुलाउन चाहेनन् । उनीहरुले भने–सवै कुरा हामीले भन्यौं भने पत्रकार र प्रहरीको के काम ? गाई करणीको घटना प्रहरीसमक्ष पुगेन । दुवै घटना पूर्व–पश्चिम राजमार्गको दूधेबाट ४ किलोमिटर दक्षिण व्याँङ्डाँडाका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here