लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना

0
462

बिर्तामोड।

युथ अपरच्युनिटी नेपाल प्रदेश नं. १ र इलाका प्रहरी कार्यालय बिर्तामोडको आयोजनामा बालबालिका लक्षित नेतृत्व बिकास तथा लागूपदार्थ दुव्र्यशन न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

युथ अपरच्युनिटी नेपाल प्रदेश १ कि संयोजक मनिषा बिमलीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहन थापा र पाल्देन शेर्पाले सहजीकरण गरेका थिए । कोहेड कलेज बिर्तामोडमा भएको कार्यक्रममा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा चेम्बर अफ कमर्श झापाका वरिष्ठ उपाध्यक्ष ओमकृष्ण विमली, गोहेड कलेजका प्रिन्सिपल उमानाथ ओली, सहायक प्रिन्सिपल कमल तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here