मोडलिङ यात्रामा स्वेच्छा

0
703

झापा हल्दिबारी– ४ जलथल च्याङग्राबन्दाकी स्वेच्छा सिटौला उमेर मात्र १४ बर्षकी छिन् । तर, उनको सपना भने निकै ठूलो छ । गरीब, असहाय र दीनदुःखीको सेवा गर्ने लक्ष्य लिएकी उनी २०६१ साल भदौ ९ गते झापा हल्दिबारी–४ जलथल च्याङग्राबन्दामा जन्मिएकी हुन् । हाल बिराटनगर मोरङको अरनीको हाइयर सेकेण्डरी स्कुल (माल्भिका) मा कक्षा ८ मा अध्ययनरत् उनी पढाईमा पनि उत्तिकै अब्बल छिन् ।

सानै उमेरदेखि अरुले गरेको नृत्य र अभिनय रुचीका साथ हेर्ने र घरमा आएर आफूले पनि लुकी–लुकी अरुले गरेको नृत्य र अभिनय गर्ने गरेको उनी बताउँछिन् । बिद्यालयमा हुने गरेका सांस्कृतिक कार्यक्रममा आफूले गरेको नृत्य र अभिनयले दर्शकको मन जितेको उनी बताउँछिन् । घरपरिबारबाट हौसला र प्रेरणा मिलेपछि आफू यस क्षेत्रमा अग्रसर भएको र त्यसमा विशेष गरेर हजुरबुबा स्व. रामप्रसाद सिटौला र आमा तारा चुडालको प्रेरणाबाट यस क्षेत्रमा लागेको उनले बताइन् ।

आरके इन्टरटेन्मेन्ट गु्रपको आयोजनामा काठमाडौंमा हालै भएको स्कुल प्रिन्सेस नेपाल २०१९ को फाइनल प्रतियोगितामा सिटौलाले स्कुल वेस्ट क्याटवाक अवार्ड र स्कुल वेस्ट कल्चरल ड्रेस अवार्ड गरी दुईवटा अवार्ड हात पारेको उनले बताइन् । स्कुल प्रिन्सेस नेपाल प्रतियोगितामा २३ जना प्रतिस्पर्धीमध्ये उपत्यका बाहिरबाट आफू एकमात्र प्रतिस्पर्धी रहेको बताउँदै सिटौलाले प्रतियोगितामा बिजेता नभए पनि दुईवटा अवार्ड प्राप्त गरेकोमा खुशी व्यक्त गरिन् ।

आफ्नो सानैदेखिको रुचीका कारण स्कुल प्रिन्सेस नेपाल प्रतियोगितामा भाग लिएको र प्रतियोगितामा बिजेता नभए पनि प्रतियोगिताबाट आफूले धेरै शिक्षा प्राप्त गरेको उनले बताइन् । उनले उक्त प्रतियोगिता आफ्नो मोडलिंङ यात्राको पहिलो खुड्किलो भएको बताउँदै आगामीे दिनहरुमा म्युजिक भिडियो र चलचित्र खेल्ने अफर आएमा आफूले राम्रो अभिनय गर्न सक्ने बताइन् । भविष्यमा सफल मोडल बन्ने उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here