शान्ति आदर्शमा पूर्व विद्यार्थी समाज गठन

0
703

शान्तिनगर ।

झापाको बुद्धशान्ति गाउँपालिका–६ मा रहेको शान्ति आदर्श माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी समाज गठन गरिएको छ । समाजको अध्यक्षमा विद्यालयका पूर्व विद्यार्थी, पूर्व–प्रधानाध्यापक र हाल विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवकुमार पौड्याल चयन भएका छन् ।

विद्यायलमा आयोजित पूर्व–विद्यार्थीहरुको भेलाले सो समिति गठन गरिएको हो । समाजको उपाध्यक्षमा पूर्व विद्यार्थी बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेल र रोङ गाउँपालिका उपाध्यक्ष चन्द्रकला राई रहने गरी १३ सदस्यीय समिति गठन गरिएको छ ।

२००८ सालमा स्थापना भएको विद्यालयमा अध्ययन् गर्ने अधिकांश उपल्लो तहमा पुगेका छन् । सोही विषयलाई मध्यनजर गर्दै पूर्व विद्यार्थीहरुलाई समेट्न र अक्षयकोष स्थापना गर्न पूर्व विद्यार्थीहरु संगठित भएको विद्यालयका पूर्व विद्यार्थी तथा हाल विद्यालयका शिक्षक सोमनाथ पौड्यालले जानकारी दिए ।

पूर्व विद्यार्थी समाजमा रहेका सदस्यले स्वेछिक ढंगले रकम जम्मा गरि अक्षयकोष स्थापना गरी सो अक्षयकोषको ब्याजबाट शान्ति आदर्श माध्यमिक विद्यालयको शैक्षिक, भौतिक र गरिव तथा जेहेनदार विद्यार्थीलाई सहयोग गरिने विद्यालयले जानकारी दिएको छ ।

पूर्व विद्यार्थी तथा हाल विद्यालयका शिक्षक सोमनाथ पौड्यालले अक्षयकोषमा १० हजार रुपैयाँ दिने घोषणा समेत गरे । देश तथा विदेशमा रहेका विद्यालयका पूर्व विद्यार्थीहरुलाई समाजमा सहभागि हुन र अक्षयकोष स्थापना गरि सहयोग पु¥याउन आब्हान समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here