झाँक्रीसँग यौन सम्बन्ध राख्न नमान्दा श्रीमानले नै गरे हत्या

0
644

काठमाडाैं ।

तान्त्रिकसँग यौन सम्बन्ध राख्न नमानेको भन्दै भारतको उत्तर प्रदेशमा श्रीमानले श्रीमतीलाई नदीमा डुबाएर हत्या गरेका छन् ।

३२ वर्षीया महिलाले तान्त्रिकसँग यौन सम्बन्ध राख्न नमानेका कारण उनलाई नदीमा डुबाएर हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न महिलाका श्रीमान र तान्त्रिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पतिले तान्त्रिकसँग यौन सम्बन्ध राख्न बाध्य पारेको सो घटना छोराले देखेपछि सहयोग माग्दै कराएका थिए । त्यसपछि घटनाबारे कसैलाई नभन्न छोरालाई धम्की दिइएको बताइएको छ ।

प्रहरी अधिकारी आकाश कुलहरीले पीडितका भाइ राजेश कुमारले दादोन प्रहरीमा निवेदन दिएर आफ्नी दिदीले दुई दिनअघि डराएको भावमा आफूलाई बचाउन फोनमा आग्रह गरेको जानकारी दिएका छन् ।

सुरुमा घटनालाई सौहार्दपूर्ण रुपमा समाधान गरिएको थियो । अर्को दिन उनले श्रीमतीलाई नदीको छेउमा जान सहमत गराएर त्यहाँ लगी धकेलेदिएका थिए ।

घटनापछि मनपाल र सन्तपाल दुर्गा दासका नामले चिनिने तान्त्रिक नदी तरेर बदाउ जिल्लातर्फ भागेका थिए । उजुरी प्राप्त भएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ भने महिलाको शव नदीबाट निकालिएको छ ।

प्रहरीले तान्त्रिकविरुद्ध यसअघि पनि आपराधिक क्रियाकलापको रेकर्ड दर्ता भएको बताएका छन् ।-जनता समाचारबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here