चार लाख बराबरको अवैध कपडासहित एक पक्राउ

0
526

परासी,

सीमा प्रहरी चौकी महेशपुर नवलपरासीले करीब रु चार लाख बराबरको अवैध कपडासहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको सरावल गाउँपालिका–३ हात्तीवनमा गस्ती गर्ने क्रममा भारतबाट लुकाइछिपाई भारतीय मोटरसाइकलमा ल्याइएको अवस्थामा अवैध कपडा र कारोवारमा संलग्न पाल्हीनन्दन–१ छोटकी सुनरी बस्ने वर्ष १८ का अजमत अलीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुई भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको फूलसर्ट ८०४ थान, दोसल्ला ३०० थान र दुईवटै मोटरसाइकल गरी रु चार लाख बराबरको मालसमान बरामद गरिएको हो ।

कारोबारमा संलग्नलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको र कारोवारमा संलग्न अन्यको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here