मेचीनगर।
झापाको मेचीनगरमा वातावरण सरसफाई सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
मेचीनगर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगरभित्र रहेका १३ वटा सामुदायिक वनका अध्यक्षहरु, सामुदायिक वन महासंघ नेपाल झापा जिल्ला महासंघका पदाधिकारीहरु, उद्योग बाणिज्य संघका पदाधिकारीहर, खानेपानी संस्थाका पदाधिकारीहर, वातावरणसँग सम्बद्व व्यक्तिहरु, कार्यपालिका सदस्य जनप्रतिनिधिहरु लगायत ६० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीलाई मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रमाणपत्र वितरण गरेका थिए ।
तालिममा सहभागीलाई सामुदायिक वन महासंघ नेपाल जिल्ला महासंघ झापाका अध्यक्ष वेदप्रसाद भण्डारी, मेचीनगर नगरपालिका आर्थिक विकास शाखा प्रमुख तथा खाद्य अधिकृत दीपेन्द्रकुमार कार्की, इञ्जिनियर आकाश श्रेष्ठ सञ्चारकर्मी ज्ञानेन्द्र निरौलाले विविध विषयमा जानकारी दिएका थिए ।
कार्यक्रममा सवैभन्दा पहिला जलवायु परिवर्तनमा वनको महत्वपूर्ण भूमिका हुने बताउदैँ सवैभन्दा पहिला जलवायु परिवर्तन भनेको हो बुझ्न मौसम र जलवायु परिवर्तनका बारेमा थाहा हुनुपर्ने बताइएको थियो ।
प्रशिक्षकहरुले २४ घण्टाभित्र हुने परिवर्तन हावा पानी, समय परिवर्तन, बिहान, दिउँसो, बेलुका–राति अध्यारो उज्यालो आदि सबै मौसम भएको जानकारी गराएका थिए ।
त्यसैगरी कम्तिमा पनि ३० वर्षभित्र हुने मौसमी परिवर्तन वा प्रभावलाई जलवायु परिवर्तन भनिने सहभागीलाई बताइएको थियो । बायुमण्डलमा तीन वटा ग्यास रहेको जसमा ७८ प्रतिशत नाइट्रोजन, २१ प्रतिशत अक्सिजन र १ प्रतिशत अन्य ग्यास रहेको कार्यक्रममा बताइएको थियो ।
कार्यक्रममा सहभागीलाई फोहोरमैला व्यवस्थापनका बारेमा तथा वातावरण र सरसफाईका विषयमा जानकारी गराइएको थियो ।