विश्व योग दिवस र महत्व

0
558

आज विश्व योग दिवस । अर्थात् विश्वभरिका मानिसले योगको माध्यमबाट जोड्दै र व्यवहार र भित्री मन (चित्त)लाई सफा पार्न उत्प्रेरणा प्रदान गर्ने दिन । सामान्य अर्थमा योग भनेको जोड्नु हो भने विशेष अर्थमा हामी र हाम्रो मनलाई ईश्वरसम्म पु¥याउने आधार हो । योग वैदिक सनातनी संस्कृतिको परिचायक हो जो भगवान शिवको ध्यानदेखि महर्षि व्यास र सप्तऋषिहरु मार्फत हामी मानवजातिसम्म आइपुगेको छ र यसले शरीर, मनलाई सफा गर्दै रोगविरुद्ध लड्न सक्ने ऊर्जा प्रदान गर्दछ । चारवेदका रचयिता व्यासले सबैभन्दा पहिला ब्याख्या गरे र १९औं शताब्दीमा आइपुग्दा स्वामी विवेकानन्दले पश्चिमा मुलुकहरुसम्म यसलाई पु¥याए ।

भगवान शिवको ध्यानमुद्राको मूर्ति योगाभ्यासको पहिलो प्रमाण मानिएको छ । तदत्तर जैन मार्गमा प्रणेता महावीर जैन र बौद्धधर्मका प्रणेता भगवान बुद्धको मूर्ति पनि योग ध्यानसँगै जोडेर हेर्ने गरिएको छ । कतै–कतै योग र योगशास्त्रका श्रेय भगवान श्रीकृष्णलाई दिइएको छ, र त्यसकै आधारमा उनलाई योगेश्वर नामले समेत सम्बोधन गरिन्छ । योगलाई विश्व समाजमा पु¥याउन रविशंकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको योगदान रहेको छ । उनीहरुकै अग्रसरतामा संयुक्त राष्ट्र संघले योगको महत्वबोध गर्दै आज अर्थात् जुन महिनाको २१ तारिखलाई विश्व योग दिवस घोषणा ग¥यो ।

व्यक्तिगत शान्ति र स्वास्थ्यबिना विकास र समृद्धि सम्भव छैन भन्ने विश्व समुदायले स्वीकार गरेको छ । त्यसमा पनि व्यक्तिगत स्वास्थ्यलाई सर्वोच्च धन मानिन्छ । स्वस्थ रहनका लागि रोगव्याधी मुक्त हुनुपर्छ । रोग लागेपछि उपचार गरेर जाती हुनुभन्दा रोग लाग्नै नदिनु निरोगिताको मुख्य आधार हो । आधुनिक उपचारपद्धतिले रोग लागीसकेपछिको उपचार अनि शारीरिक पक्षहरुलाई धेरै महत्व दिन्छ । तर, योगले आत्मिक शान्ति, आत्म नियन्त्रण, चित्त शुद्धिकरण, आध्यात्मिकता र प्रतिरोधमा जोड दिन्छ ।

आजको जीवनशैली फरक छ । भौतिक सुखसुविधाका लागि मानिस संघर्ष गर्दैछ । सुविधाभोगी ऐश्वर्यशाली हुँदै विलासितापूर्ण जीवन बाँच्नका लागि प्रतिष्पर्धा गर्दैछ । यही दौडले मानिसलाई सुख, शान्ति र आत्मिक शुद्धताबाट टाढा लाँदैछ । तर, जीवनको वास्तविकत मूल्य र शान्तिको अवधारणा भौतिक प्राप्तिभन्दा धेरै पर हुन्छ । योगले त्यही परको वस्तुलाई नजिक ल्याउन मद्दत गर्छ । योगको अवलम्बनले मानवजीवन स्वस्थ र सुखी रहन्छ । चित्त र वृत्तिको निरोध योग हो त्यसैले यसको माध्यमबाट चेतना र शरीरलाई जोडिदिन्छ । त्यसैले हजार वर्षअघि महात्मा पतञ्जलिले प्रतिपादन गरेको पूर्वीय चेत विश्वमाझ प्रतिष्ठित भएको सन्दर्भले पूर्वीय दर्शनको महत्व बढाउने यो दिवसको शुभकामना, विश्व, शान्त र रोगमुक्त होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here