१४६० जनाको हस्ताक्षर सरकारलाई

0
392

भद्रपुर।

नेपाल पत्रकार महासंघ झापा शाखाले मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै असार ३ गते विर्तामोडमा संकलन गरेको हस्ताक्षर नेपाल सरकारलाई पठाएको छ ।

आन्दोलनको तेस्रो चरण अन्तरगत संकलित एक हजार ४ सय ६० जनाको हस्ताक्षर महासंघ झापा शाखाले जिल्ला प्रशासन कार्यालय झापामार्फत मन्त्री परिषद्को कार्यालयमा पठाएको हो ।

झापा शाखा अध्यक्ष तारामणि सापकोटाको नेतृत्वमा गएको टोलीले संकलित हस्ताक्षर झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलमार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाएको हो ।

यसैबीच नेपाल पत्रकार महासंघ झापा शाखा मातहतमा रहेको पत्रकार सहारा उपचार कोषको संशोधित कार्यविधि अनुसार सञ्चालक समिति गठन गरिएको छ । जस अन्तर्गत संयोजकमा तारामणि सापकोटा पदेन, सदस्य भीम नेम्वाङ निवर्तमान अध्यक्ष पदेन, सदस्य सचिव ईश्वर अधिकारी (कोषाध्यक्ष पदेन, मनोनित सदस्यद्वय एकराज गिरी र भीमा शिवाकोटी रहने गरी पाँच सदस्यीय समिति गठन गरेको हो ।

त्यस्तै पुस्तकालय स्थापना गर्नका लागि महासंघकी उपाध्यक्ष भीमा शिवाकोटीको संयोजकत्वमा समिति गठन भएको छ । पत्रकार अमृतलाल श्रेष्ठलाई उपचारका लागि संघीय सरकारबाट पाँच लाख रुपैयाँ सहयोग भएको र प्रदेश नं. १ बाट पत्रकार महासंघ झापालाई ३ लाख रुपैयाँ प्राप्त भएकोमा बैठकले धन्यवाद ज्ञापन समेत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here