बलात्कारको अभियोगमा ५ वर्ष कैद

0
399

सप्तरी ।

सप्तरीको एक महिलालाई बलात्कार प्रयासको आरोपमा थुनामा रहेका एक अभियुक्तलाई अदालतले शुक्रबार पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ ।

सप्तरीको खडग नगरपालिका–३ पंसेराका ३७ वर्षीय ओपेन्द्र भनिने उपेन्द्र राम मोचीलाई सप्तरी जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला सुनाएको हो । राम पुर्पक्षका लागि ०७४ साउन २५ गतेदेखि राजविराज कारागारमा थुनामा छन् ।

जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले पीडितको अभियोग दावी पुष्टि गर्दै पाँच वर्ष कैदसजायको फैसला सुनाएको स्रेस्तेदार दिलकुमार बर्देवाले बताउनुभयो ।

  1. एक २२ वर्षीया महिलाले उनको कोठामा ०७४ साउन १ राति मोची प्रवेश गरी बलात्कार प्रयास गरेको आरोप लगाएपछि इलाका प्रहरी कार्यालय कडरबोनाले ०७४ साउन ४ गते रामलाई पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here