इलाममा कानुनी सचेतना सम्बन्धि कार्यक्रम

0
590

इलाम।

कानुनी सहायता नेपाल काठमाडौंले पूर्वी नेपालको इलाममा कानुनी सचेतनाका लागि अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

मुलुकी फौजदारी (संहिता) ऐन २०७४ र मुलुकी देवानी (संहिता) ऐन २०७४ मा विद्यमान कानूनी व्यवस्थाका विषयमा जनप्रतिनिधि तथा सरोकारवालासँग अन्र्तरकृया गरेको हो । कार्यक्रममा अधिवत्ता लेखनाथ दहालले सहजिकरण गरेका थिए ।

कानुनी सहायता नेपालका विकास जङ्ग कार्कीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि रोङ गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बुद्धिबहादुर ढकाल रहेका थिए । रोङ १ को वडाकार्यालयको भवनमा भएको कार्यक्रममा विद्यमान कानुनका विषयमा सहजकर्ताले सहभागिलाई जानकारी गराएका थिए । सञ्चारकर्मी अनिल वाग्लेले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्य माथि सभापति कार्कीले प्रकाश पारेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि ढकाल, विशेष अतिथि वडासदस्य उपेन्द्र न्यौपाने, अतिथि शिक्षक नन्दलाल शिवाकोटी, स्थानीय सोमबहादुर राईले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा वडासदस्यहरु महानन्द अधिकारी, जयकला चाम्लिङ, लक्ष्मी नेपालीको विशेष आतिथ्य रहेको थियो भने सञ्चारकर्मी तीर्थ तिम्सिना, राम जानकी सामुदायिक वनका अध्यक्ष उमाकान्त अधिकारी लगायतको आतिथ्य रहेको थियो । अभिमुखीकरण कार्यक्रम विमल कट्टेलको संयोजकत्वमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here