बिर्तामोड।

उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया लगायतका देशमा जाने विद्यार्थीहरुलाई वारिष्टा (कफी सम्बन्धी सम्पूर्ण तालिम) र वारटेन्डिङ तालिम दिएर योग्य बनाउने उद्देश्यले बिर्तामोड फ्लेयर वारटेन्डिङ तथा वारिष्टा एकाडेमी (बिर्तामोड एफविए) सञ्चालनमा आएको छ ।
उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया लगायत देशमा जाने विद्यार्थीहरु तथा सिप सिकेर स्वदेशमै स्वरोजगार बन्न चाहनेहरुका लागि बिर्तामोडमा बिर्तामोड फ्लेयर वारटेन्डिङ तथा वारिष्टा एकाडेमी (बिर्तामोड एफविए) सञ्चालनमा आएको हो । काठमाडौंका सुधन न्यौपाने, झापाका रोशन चौहान, रोशन बिष्ट, योगेश अधिकारीले ६५ लाख रुपैयाँको लागतमा बिर्तामोड फ्लेयर वारटेन्डिङ तथा वारिष्टा एकाडेमी (बिर्तामोड एफविए) सञ्चालनमा ल्याएका हुन् ।
उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया लगायत देशमा जाने विद्यार्थीहरुलाई अष्ट्रेलिया लगायत देशमा वारिष्टा र वार टेन्डिङ सम्बन्धी रोजगार सजिलै प्राप्त हुने भएकाले त्यस्ता विद्यार्थीहरुलाई लक्षित गर्दै एकाडेमी सञ्चालनमा ल्याएको सञ्चालक मध्येका सुधन न्यौपानेले बताए ।
वारिष्टा (कफी सम्बन्धी सम्पूर्ण तालिम) र वारटेन्डिङ (कक्टेल र मग्टेल बनाउने) तालिम लिन काठमाडौंसम्म जानुपर्ने झञ्झटबाट मुक्त हुनका लागी पूर्वमा नै पहिलो पटक बिर्तामोडमा बिर्तामोड फ्लेयर वारटेन्डिङ तथा वारिष्टा एकाडेमी (बिर्तामोड एफविए) सञ्चालनमा ल्याएको उनले बताए ।
उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया लगायत देशमा जाने बिद्यार्थीहरुलाई त्यहाँ अध्ययनसँगै रोजगार गर्न सजिलो बनाउन एकाडेमीले बिद्यार्थीहरुलाई वारिष्टा (कफी सम्बन्धी सम्पूर्ण तालिम) र वारटेन्डिङ (कक्टेल र मग्टेल बनाउने) तालिम प्रयोगात्मक रुपमा सिकाएर पठाउने गरेको उनले बताए । बिद्यार्थीहरुलाई वारिष्टा (कफी सम्बन्धी सम्पूर्ण तालिम) र वारटेन्डिङ (कक्टेल र मग्टेल बनाउने) तालिम प्रयोगात्मक रुपमा सिकाउन क्याफे समेत सञ्चालनमा ल्याएको अर्का सञ्चालक रोशन चौहानले बताए ।
वारिष्टा (कफी सम्बन्धी सम्पूर्ण तालिम) १५ दिन र वारटेन्डिङ (कक्टेल र मग्टेल बनाउने) तालिम तीन महिना अध्ययन गराइने उनले बताए । हाल वार टेन्डिङमा १५ जना र वारिष्टामा २० जना अध्ययनरत् रहेको उनले बताए । काठमाडौंमा प्रधान कार्यालय रहेको एकाडेमीले १० जनालाई काठमाडौमा र बिर्तामोडमा दुई जनालाई रोजगारी दिएको जनाइएको छ ।






























