राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिँदै नेकपा

0
546

काठमाडौँ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राजनीतिक (दस्तावेज) प्रतिवेदनलाई अन्तिम रूप दिन पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहकार्यमा लाग्नुभएको छ ।

असार ७ गते बसेको सचिवालयको बैठकले राजनीतिक प्रतिवेदनलाई अन्तिम रूपमा दिने जिम्मेवारी अध्यक्षद्वय ओली र प्रचण्डलाई दिएको थियो ।

जिम्मेवारी अनुसार दुवै अध्यक्ष गृहकार्यमा लाग्नुभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । राजनीतिक प्रतिवेदनका बारेमा दुवै अध्यक्षले आआफ्ना पूर्वपार्टीका शीर्ष नेताहरूसँग छलफल गरिरहनुभएको छ ।

राजनीतिक प्रतिवेदनका मस्यौदा तयारी गर्ने कार्यदलको सदस्यसमेत रहनुभएका नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले दुवैजना अध्यक्षलाई प्रतिवेदन सम्पादन गरेर ल्याउन सचिवालय बैठकले जिम्मा दिएको र सोहीअनुसार तयारी गरेर आउनुहुने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here