काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ मा आलु चिप्सको उद्योग सञ्चालन हुने

0
730

बनेपा,

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरमा आलुको चिप्स बनाउने उद्योग सञ्चालन हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोन बनेपाको अनुदानमा कृषक इच्छाराम दाहालले सो उद्योग सञ्चालन गर्न लाग्नुभएको हो ।

आलुको मूल्य बढाउने उद्देश्यले उद्योग सञ्चालनमा सहयोग गरिएको आलु सुपरजोन बनेपा कार्यालयका प्रमुख वरिष्ठ कृषि अधिकृत दीपक पौडेलले बताउनुभयो । आलु प्रशोधन गरेर विभिन्न परिकार बनाउन सकियो भने किसानलाई फाइदा पु¥याउन सकिन्छ भन्ने उद्देश्यले आलु चिप्स कारखाना खोल्न अनुदान सहयोग गरेको उहाँको भनाइ थियो ।

उत्पादित आलु सिधै बेच्नुभन्दा चिप्सलगायतका विभिन्न परिकार बनाएर बेचेमा बढी फाइदा हुने उहाँको भनाइ छ । आलु सुपरजोन कार्यालयको अनुदानमा उद्योग सञ्चालकले चिप्स बनाउने मेशिनरी सामान खरीद गर्नुपर्ने हुन्छ । “आवश्यक टहरा बनाउने सञ्चालको काम हो”, उहाँले भन्नुभयो, “आलुलाई पखाल्ने, चना पार्ने, पकाउने र प्याकिङ गर्ने औजार खरीदका लागि भने सुपरजोनले सहयोग गरेको छ ।”

उत्पादनसँगै औद्योगिक क्षेत्रका रुपमा विकास गर्न सकेमा आलु उत्पादन गर्ने किसानले फाइदा लिन सक्ने कार्यालयले जनाएको छ । उद्योगका सञ्चालक दाहालले सुपरजोन आलु कार्यालय र मेडपा नामक संस्थाले दिएको तालिकाका आधारमा आफूले उद्योग सञ्चालन गर्न लागेको बताउनुभयो । त्यसका लागि आवश्यक मेशिनरी सामान जुटाइरहेको र अब छिट्टै सञ्चालन हुने उहाँले बताउनुभयो । उद्योग सञ्चालनमा आएसँगै बजारीकरणलाई जोड दिने र ब्राण्डका रुपमा नै विदेश निर्यात गर्ने उद्देश्यले नै उद्योग स्थापनामा जुटेको उहाँको भनाइ थियो ।

सुपरजोनले आलुको बीउ भण्डारण केन्द्र ‘रष्टिक स्टोर’ निर्माणको काम भइरहेको जनाएको छ । त्यसका लागि चिसो ठाउँ आवश्यक भएको हुनाले बेथानचोकको ढुङ्खर्क र बनेपा नगरपालिका–३ काशीभञ्ज्याङ गरी दुई ठाउँमा बीउ भण्डारण केन्द्र बनाउने काम भइरहेको छ । जसको क्षमता दश मेट्रिक टन हुनेछ ।

त्यसका लागि बीस÷बीस लाखको अनुदान प्रदान गरिएको जनाइएको छ । त्यसमा समूहले १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ । साना सिँचाइ, भकारो सुधारलगायतका काममा सहयोग गर्दै आएको सुपरजोन कार्यालयले जनाएको छ । काभ्रेपलाञ्चोकमा आर्थिक वर्ष २०७३÷७४ देखि आलु सुपरजोन कार्यालय स्थापना गरी काम भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here