भ्रमण बजेटको बचत रकमबाट अचार बनाउने तालिम

0
574

अर्जुनधारा।

अर्जुनधारा–६ वडा समितिको आयोजनामा आयोजित तीन दिवसीय अचार बनाउने तालिम सम्पन्न भएको छ ।

वडास्तरमा रहेका महिला उद्यमीहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिम जम्मा भ्रमण बजेट दुई लाख रुपैयाँमध्ये बचत भएको ५० हजार रुपैयाँको लगानीमा आयोजना गरिएको वडा सदस्य तुम्मनाथ काफ्लेले जानकारी दिए ।

अध्धयन, अनुगमन भ्रमण समितिकी संयोजक कुसुम कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा तालिमका ३० जना सहभागीलाई प्रमाण पत्र वितरण गरिएको थियो ।


शिव बाबा अचार तथा जुस उद्योगका सञ्चालकद्धय दिनानाथ शिवाकोटी र अम्बिका शिवाकोटीले सहजिकरण गरेको तालिमका सहभागीहरुलाई आँप, जल्पाई र मिक्स तीन प्रकारको अचार बनाउन सिकाइएको थियो ।

कार्यक्रममा वडाध्यक्ष लोकनाथ गौतम, वडा सदस्यद्धय अर्जुन मेचे र माया खातीलगायतले तालिमबाट प्राप्त सीपलाई व्यवसायिकरुपमा प्रयोग गर्न सुझाएका थिए । कार्यक्रमको सञ्चालन वडा सदस्य लक्ष्मी महतराले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here