बुबाको हत्या गर्नेलाई एक लाख जरिवाना, १० वर्ष कैद 

0
315

झापा ।

आफ्नै बुबाको हत्या गर्ने एक व्यक्तिलाई १० वर्ष कैद तथा रु एक लाख जरिवाना भएको छ ।

बुबालाई दाउराको चिर्पटले हानेर हत्या गर्ने चौरपाटी गाउँपालिका–५ लुङ्ग्राका प्रेम ढोलीलाई अछाम जिल्ला अदालतले उक्त फैसला गरेको हो ।

कर्तव्य ज्यान कसुर मुद्दामा मङ्गलबार जिल्ला अदालत अछामले ढोलीलाई उक्त फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रेमले गत जेठ २९ गते राति घरमा बुबा मीने ढोलीलाई चिर्पटले हानेर हत्या गरेका थिए ।

यस्तै जबरजस्ती करणी उद्योग कसुरमा पञ्चदेवल विनायक नगरपालिका–९ का दीपेश भुल पुर्पक्षका लागि कारागार चलान भएका छन् । अछाम प्रहरीले परिवर्तित नाम ९ज्ञानी० लाई जबर्जस्ती करणी गरेको अभियोगमा गत जेठ २४ गते पक्राउ गरेको थियो ।

हिरासतमा रहेका उनलाई अछाम जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here