अत्यधिक गर्मीले एकको मृत्यु

0
662

सर्लाही ।

सर्लाहीको दक्षिणी भेगमा पर्ने पर्सा गाउँपालिकामा गर्मीका कारण एक जनाको मृत्यु भएको छ ।

जिल्लाको ब्रह्मपुरी गाउँपालिका–२, ब्रह्मपुरी गाउँका २४ वर्षीय सदाम साह फकिरको अत्यधिक गर्मीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलबार राती सदरमुकाम मलङ्गवाबाट साइकलमा ससुरालीतर्फ जाँदै गरेका साह जिल्लाको पर्सा गाउँपालिका–३, नारायणपुर गाउँमा बेहोस भइ ढल्नु भएको थियो ।

साहलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखी घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो । सर्लाहीसहित तराई मधेसका जिल्लामा दिनानुदिन बढ्दो गर्मीले जनजीवन प्रभावित बनिरहेको छ ।

चर्को घाम र तातो हावाले मानिसलाई घर बाहिर निस्कनै मुस्किल पर्न थालेको छ । पर्याप्त पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्दै गएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here