मेयरद्वारा ३० लाख नलिने घोषणा

0
432

बिर्तामोड।

बिर्तामोड नगरपालिकाका प्रमुख (मेयर) ध्रुवकुमार शिवाकोटीले सरकारले आफूलाई दिने क्षतिपूर्ति नलिने घोषणा गरेका छन् ।

मंगलवार साँझ नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरप्रमुख शिवाकोटीले भने– ‘सरकारले मेरो घर र साधनहरुको क्षतिको मूल्याङ्कन गरेर क्षतिपूर्ति गर्ने निर्णय गरेको छ । सरकारको यस्तो निर्णयको म सम्मान गर्न चाहन्छु तर सरकारले दिने भनेको ३० लाख रुपैयाँ भने लिँन्न’ ।

नगरप्रमुख शिवाकोटीलाई २० र २३ को मन्त्रिपरिषद्को निर्णयबाट क्षतिपूर्तिवापत ३० लाख रुपैयाँ दिने निर्णय भएको थियो । २०७४ साल कात्तिक १० गते घर र सवारी साधनमा भएको क्षतिको मूल्याङ्कन गर्दै मन्त्रिपरिषदले उक्त रकम दिने निर्णय गरेको थियो ।

साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण शिवाकोटी नजिकैको पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा स्थानीयले गरेको आन्दोलनका क्रममा उनको घर र गाडी तोडफोड भएको थियो । सोही आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको मृत्यु भएको थियो।

त्यस्तै सोही आन्दोलनका क्रममा मणि नेपाली गोली लागेर गम्भीर घाइते भएका थिए । पत्रकार सम्मेलनमा नगरप्रमुख शिवाकोटीले गृह मन्त्रालयले गठन गरेको छानविन आयोगले दिएको प्रतिवेदनलाई आधार मानेर मन्त्रिपरिषदले गरेको क्षतिपूर्तिको निर्णयका वारेमा सञ्चार माध्यममा आएका समाचारले आफ्नो भावनामा ठेस पुगेको समेत बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here