तीन लाख रुपैयाँ सहित सट्टेबाजी गर्ने एक पक्राउ

११ असार २०७६, बुधबार मा प्रकाशित

झापा ।

विश्वकप क्रिकेटको विभिन्न खेलमा जित हार हुने देशलाई आधार बनाएर सट्टेबाजी गरेको आरोपमा चितवन प्रहरीले एक जनलाई पक्राउ गरेको छ ।

सट्टेबाजीको आरोपमा नवलपरासी प्रतापपुर गाउँपालिका–८ घर भई भरतपुर–३ बेलचोकमा डेरा गरी बस्ने मुकेशकुमार साहलाई तीन लाख ४५ हजार रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको हो । उनी खाद्यन्न व्यपारी भएको प्रहरीले जनाएको छ । उनी बेलचोकबाटै समातिएका हुन् ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डीएसपी एकनारायण कोइरालाको कमाण्डमा खटेको टोलीले साहलाई मंगलबार बेलुका साढे आठ बजे पक्राउ गरेको हो ।

विश्वकप क्रिकेटको खेलमा व्यापक सट्टेबाजी भएको भन्ने सूचनाको आधारमा प्रहरीले विभिन्न ठाउँमा सट्टेबाजमा संलग्न व्यक्तिहरुको खोजी गर्दै गर्ने क्रममा साह पक्राउ परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्तास मेत रहेको डीएसपी कोइरालाले बताउनुभयो ।

प्रहरीले साहको साथबाट नगदका साथै पाँच थान मोबइल फोन, एउटा ट्याब र विभिन्न बैंक र मनी एक्सप्रेरसका भौचरहरु बरामद गरेको छ । उहाँले भन्नुभयो, ‘मोबाइलबाट ठाउँ ठाउँका व्यक्तिसँग सम्पर्क गर्ने, जित्ने देशको अन्दाज गर्न लगाएर बाजी राख्ने, बैंक र मनी एक्सप्रेसबाट पैसाको कारोबार गर्ने गरेको पत्ता लाग्यो ।’

साहले भारतीयहरुलाई समेत सट्टेबाजमा संलग्न गराएको प्रहरीको भनाई छ । प्रारम्भिक अनुशन्धानले साह सट्टेबाज चालउने चितवनको मुख्य व्यक्ति देखिएको डीएसपी कोइरालाले बताउनुभयो । उनको गिरोहमा अरु संलग्न भए नभएका विषयमा अनुशन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

साह विरुद्ध मुलकी अपराध संहिताको सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको महल अन्तर्गत जुवा खेल्न सट्टेबाजी गर्न नहुने अपराधमा मुद्दा चलाइने डीएसपी कोइरालाले बताउनुभयो ।

कसुर प्रमाणित भए बरामद बिगो जफत भएर साहलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना हुने कानूनी व्यवस्था छ । भारतीय नागरिकहरुसँग सम्पर्क राखेर साहले यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा सट्टेबाजी गर्ने गरेको पाइएको चितवन प्रहरीले जनाएको रेडियो कान्तिपुरमा समाचार छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here