बेहोस भएका उपप्रमुखको स्वास्थ्यावस्था सामान्य बन्दै

0
677

इलाम,

गत मङ्गलबार नगरसभामा बजेट पेश गर्दागर्दै बेहोस भएर लड्नुभएकी यहाँस्थित सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

बजेट पेश गर्ने क्रममा उपप्रमुख भट्टराई नगरसभामै लडेपछि उपचारका लागि नगरपालिकाकै फिक्कल हस्पिटलमा उपचारका लागि पु¥याइएको थियो ।

लामो समय व्यस्त रहेर काम गरेर खानपानमा ध्यान नदिएका कारण उहाँको स्वास्थ्य अवस्था कमजोर हुँदा समस्या भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

भट्टराईको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आरामका लागि अहिले घर फर्किसक्नुभएको नगर कार्यापालिका सदस्य ललितदेवी नेपालले जानकारी दिनुभयो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि आज(बुधबार) सम्म नगरसभासमेत स्थगित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here