‘झापा नाटक’ घर बन्ने

0
835

बिर्तामोड,

झापाको बिर्तामोडमा बहुजातिय सङ्ग्रहालयसहितको झापा नाटक घर बन्ने भएको छ । क्षितिज नाट्य समूहको अग्रसरतामा झापा नाटक घर बन्न लागेको हो । बुधवार एक समारोहका बीच बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटी र उपप्रमुख पवित्रा महतारा प्रसाईले संयुक्तरुपमा नाटक घरको शिलान्यास गरेका छन् ।

समूहका सदस्य सुरेश निरौलाले दिएको तीन कठ्ठा जग्गामा बहुजातिय सङ्ग्रहालयसहितको झापा नाटक घर बनाउन लागिएको हो । सङ्ग्रहालयमा विभिन्न जातजातिको धर्म, रहनसहन र संस्कृतिका विषय राखिने छ । पहिलो चरणमा नाटक घर निर्माण हुन लागेको हो ।

बहुजातिय सङ्ग्रहालयसहितको झापा नाटक निर्माण संयोजन समितिका संयोजक ज्ञानुराम प्रसाईको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख सिवाकोटीले ‘झापा नाटक घर बिर्तामोडको गौरव र गहना हुने’ बताए । उनले तन मन र धनले सहयोग गर्ने भन्दै यसका लागि बिर्तामोड नगरपालिका प्रतिवद्ध रहेको दोहो¥याए ।

उपप्रमुख प्रसाईले झापा नाटक घरको निर्माणपछि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताइन् । धर्म संस्कारका कारण विश्वमा नेपालीको छुट्टै पहिचान रहेको बताउँदै प्रसाईले नाटक घर निर्माणका लागि सबैले सहयोग गर्नु पर्ने बताइन् । नाट्य समूहका अध्यक्ष माधव कल्पितले सञ्चालन गरेको कार्यक्रममा पार्वता खरेल विमलीले स्वागत गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here