बिर्तामोडका अधिकांश औषधी पसलमा भाडाका फर्मासिष्ट

0
917

बिर्तामोड।

झापाको बिर्तामोडमा रहेका अधिकांश औषधि पसलले फर्मासिष्टलाई भाडामा लिने गरेको पाइएको छ । औषधि व्यवस्था विभाग बिराटनगरले बुधवार गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको हो ।

फार्मेसीमा फार्मासिष्ट नबस्ने, सेवाग्राहीबाट मनलाग्दो औषधिको रकम लिने गरेको गुनासो बढेपछि औषधि व्यवस्था विभागको टोलीले बिर्तामोडका दर्जनबढी औषधि पसलमा अनुगमन गरेको हो ।

विभागका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काको नेतृत्वमा आएको टोलीले मापदण्ड विपरीत सञ्चालनमा ल्याइएका दुईवटा औषधि पसल बन्द गराएको छ । केहीलाई सजग रहन निर्देशन दिएको छ ।

बिर्तामोडस्थित वीएण्डसी अस्पताल परिसरमा रहेको सिमाना मेडिकल हलले सेवाग्राहीबाट मनलाग्दी रकम लिएको र फार्मासिष्टसमेत औषधि पसलमा नबस्ने गुनासो आएपछि अनुगमनका क्रममा त्यस्तै पाइएको भन्दै सो पसल बन्द गराएको छ ।

सिमाना औषधि पसलमा चिकित्सकको अनुमति विना विक्री गर्न नमिल्ने ट्रामाडोल जस्ता औषधि समेत विक्री गर्ने गरेको पाइएपछि सो पसललाई बन्द गर्न निर्देशन दिइएको थियो । अनुगमन टोलीले पसल बन्द गर्न निर्देशन गर्दै तीन दिनभित्र औषधि व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

धनकुमार खरेल सो पसलका फार्माष्टि भएको र प्रमोद लम्सालले सो औषधि पसलमा लगानी गरेको बताइएको छ । यता बिर्तामोडकै सेवक सुविधा मेडिकल हल विना दर्ता सञ्चालनमा रहेकोले त्यसलाई समेत बन्द गर्न निर्देशन दिइएको छ । सो औषधि पसल कुन्दन साहले सञ्चालन गर्दै आएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here