वडाका समस्या र कानूनी व्यवस्थाबारे तालिम

0
807

विर्तामोड।

नगरभित्रका जनप्रतिनिधि तथा मेलमिलाप केन्द्रका प्रतिनिधिहरुका लागि सञ्चालित तालिम बुधवार सम्पन्न भएको छ ।

नारी सञ्चार गृहको आयोजना तथा विर्तामोड नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा विर्तामोड नगर क्षेत्रभित्रका १० वडाका १० वटै मेलमिलाप केन्द्रका प्रतिनिधि, वडाका महिला र पुरुष जनप्रतिनिधिसहित ३३ जनाको सहभागिता रहेको थियो ।

मेलमिलाप तथा वडामा आउने समस्या र त्यसमा कानूनले व्यवस्था गरेका प्रावधान, मुद्दामा अपनाउनु पर्ने सजगता, विधि र प्रकृया, मेलमिलाप केन्द्रले हेर्न मिल्ने मुद्दा, नमिलेका कुन प्रकृतिका मुद्दा कहाँ पठाउने भन्ने प्राविधिक विषयमा प्रशिक्षण दिइएको थियो ।

संस्थाका अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सञ्चालित तालिम समापन कार्यक्रममा प्रशिक्षक तथा विर्तामोड नगरपालिकाकी कानूनी सल्लाहकार कमला आचार्य, नारी सञ्चार गृहकी सल्लाहकार तथा नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दू पूर्वेली, रेडियो विराटकी प्रबन्ध निर्देशक लीला अनमोल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सहभागिका तर्फबाट तालिम मूल्याङ्कनकर्ताहरु किशोर पौडेल र उमा सुवेदीले तालिम उपलब्धीमुलक रहेको धारणा राखेका थिए भने प्रतिवेदन गौरी घिमिरेले प्रस्तुत गरेका थिए । तालिम समापन कार्यक्रमको सञ्चालन रेजिना गौतमले गरेका थिए । तालिममा कमला आचार्य, देवी निरौलाले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here