एनएमसीको अध्यक्षमा पुनः उप्रेती

0
1479

बिर्तामोड।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को अध्यक्ष पदमा संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।

एनएमसीको आगामी चार वर्षे कार्यकालका लागि अध्यक्ष पदमा संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीको मात्र उम्मेदवारी परेकाले उनी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै संस्थाको वरिष्ठ उपाध्यक्ष पदमा नारायणप्रसाद कोइराला र महिला उपाध्यक्ष पदमा भगवती घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

खुला सदस्य पदमा ठाकुरप्रसाद शिवाकोटी र विकास उप्रेती निर्विरोध निर्वािचत भएका छन् भने महिला सदस्य पदमा सावित्रा दाहाल भट्टराई (कनकाई), लक्ष्मी अधिकारी काफ्ले, देवकुमारी शेर्मा (बुद्धशान्ति) र सीताकुमारी श्रेष्ठ निर्विरोध निर्वािचत भएका छन् ।

त्यस्तै सदस्य पदमा माधवचन्द्र प्याकुरेल (मेचीनगर), हिराप्रसाद पोखरेल (भद्रपुर), कमल गुरागाई (अर्जुनधारा), खेमनाथ मिश्र (कनकाई), डम्बरबहादुर बस्नेत (बिर्तामोड) र दुर्गाप्रसाद भट्टराई (शिवसताक्षी) निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा तथा सुपरीवेक्षण समितिको संयोजक पदमा विष्णु गौतम र सदस्यहरुमा रचना दाहाल, अम्बिकाप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । हरिचरण शिवाकोटीको संयोजकत्व र सदस्यहरु लोकराज ढकाल र शुभलक्ष्मी राई रहेको निर्वाचन समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here