जिल्ला सदरमुकाम बेनी बजारको अस्पताल चोक बाढीको उच्च जोखिममा

0
569

म्याग्दी,

जिल्ला सदरमुकाम बेनी बजारको अस्पताल चोक बाढीको उच्च जोखिममा परेको छ ।वातावरणीय असरको ख्यालै नगरी गत हिउँदमा अस्पताल चोकदेखि जामुनाखर्कसम्म खनिएको अव्यवस्थित सडकका कारण अस्पताल चोक बाढीको उच्च जोखिममा परेको हो । बर्खासँगै नाली नभएको सडकबाट दैनिकजसो बाढी आउन थालेको छ ।

बुधबार अपराह्न ४ बजे आएको बाढीले अस्पतालचोक र कालीपुलका घर तथा पसलमा क्षति पुगेको छ । कालीपुल बसपार्क क्षेत्रमा हिलो जमेर आवतजावतमा समस्या भएको छ ।

भिरालो पाखोमा खनिएको सडकमा ढलको निकास गर्ने नाली नहुँदा बाढी आएको स्थानीयवासीले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि बाढीको जोखिममा परेको छ । अस्पताल चोकमा रहेका रिहाना थकाली होटल र विजय किराना तथा फलफूल पसलभित्र रहेको तीन वटा कोठामा बाढी पसेर क्षति पु¥याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here