धरौटी बुझाउन नसकेपछि विप्लव कार्यकर्ता जेल चलान

0
444

संखुवासभा,

संखुवासभामा केही दिन अघि पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका एक कार्यकर्ता कारागार चलान भएका छन् ।

पाँचखपन नगरपालिका–६ का बाबुराम राई ‘विवश’लाई धरौटी बापतको रकम नबुझाएको भन्दै कारागार चलान गरिएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी गोविन्द कार्कीले बताउनुभयो ।

उहाँले विप्लव कार्यकर्ता राईलाई संगठित रुपमा हातहतियार खरखजाना तथा विष्फोटक पदार्थ ओसारपसार, सार्वजनिक सम्पत्तिमा विस्फाेटन र संगठित रुपमा आगजनी गरेको आरोप लागेको थियो । सात हजार रुपैयाँ धरौटी बुझाउन नसकेकाले कारागार चलान गरिएको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।

राईलाई सार्वजनिक सम्पत्तिमा विस्फाेटनलगायत अन्य दुई वटा मुद्दामा साधारण तारिख तोकिएको छ । विप्लवका कार्यकर्ता राईलाई प्रहरीले गएको असार ५ गते सदरमुकाम खाँदबारीबाट पक्राउ गरेको थियो । राई विप्लव समूहको राष्ट्रिय युवा जनस्वंय सेवक केन्द्रीय अध्यक्ष तथा कोशी ब्यूरो सदस्य रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here