न्यूटन्सकी हर्षिका देशकै सर्वोत्कृष्ट भएको दावी

0
1565

झापा ।

बिर्तामोडमा रहेको न्यूटन्स एजुकेशन एकाडेमीकी एक छात्राले एसईई परीक्षामा ४ जीपीए सहित उत्कृष्ट नतिजा ल्याएसँंगै विद्यालयले आफ्नो छात्रा नेपाल टप भएको दावी गरेको छ ।

विद्यालयकी छात्रा हर्षिता जाजोडियाले सवै विषयमा ४ जीपीए ल्याएपछि विद्यालयले नेपाल टपको दावी गरेको हो । बिर्तामोड निवासी राजु र शुभम् जाजोडियाकी छोरी हर्षिताले २०७० सालबाट सो विद्यालयमा अध्ययन शुरु गरेकी थिइन् ।

कक्षा ५ मा भर्ना भइ निरन्तर आफूलाई अब्बल विद्यार्थीको रुपमा स्थापित उनी पढाइका अतिरिक्त विभिन्न क्रियाकलापहरुमा सहभागी भई जिल्लामा प्रथम, दोस्रो हुँदै पुरस्कृत हुँदै आएको विद्यालयका अध्यक्ष गौतमशर्मा शिवाकोटीले बताए ।

उनीसंँगै परीक्षामा सहभागी भएका २३ जनाले ए प्लस, ४० जनाले ए, ३८ जनाले वी प्लस, १७ जनाले वी र १ जनाले सी प्लस नतिजा हासिल गरेको विद्यालयका ओभरल इञ्चार्ज देवेन्द्र हुँमागाईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here