बिर्तामोड, मोटरसाइकल चोरीमा सम्लग्न भएको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौरादह नगरपालिका निवासी विजय चौधरी, वाह्रदशी गाउँपालिकास्थित डाँगीवारीका किरण चौधरी, रोविन राजवंशी र विनोद मुर्मू रहेका छन् ।
उनीहरुलाई चार थान चोरी भएका मोटरसाइकलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।































