उत्कृष्ट तीन प्रतिभा छनौट

0
535

बिर्तामोड ।

साहित्य चौतारी झापाले २० औं वार्षिकोत्सव तथा २०६ औं भानुजयन्तीको अवसर पारेर प्रदान गरिने धनमाया –जगन्नाथ बिमली स्मृति साहित्य चौतारी नवप्रतिभा पुरस्कारका लागि शनिबार उत्कृष्ट तीन नृत्य प्रतियोगी छनौट गरिएको छ ।

नवप्रतिभा पुरस्कारका लागि झापा जिल्लास्तरीय अन्तर नृत्य प्रशिक्षण केन्द्र नवप्रतिभा लोकनृत्य प्रतियोगिताको आयोजना गरिएको र उक्त प्रतियोगिता– बाट उत्कृष्ट तीन नृत्य प्रतियोगी छनौट गरिएको संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । झापा जिल्लाभित्रका नृत्य प्रशिक्षण बिद्यालयबाट २÷२ जना प्रतियोगीको सहभागितामा भएको छनौट प्रतियोगितामा शनिश्चरे डान्स एकाडेमीकी लिसारा मगर, गुरुकुल डान्स सेन्टरकी रोश्नी लिम्बू र पूर्वाञ्चल कलाकेन्द्रकी बविता दर्नाल छनौट भएका थिए ।

साहित्य चौतारी झापाको आगामी असार ३१ गते हुने २० औं वार्षिकोत्सव तथा २०६ औं भानुजयन्तीको अवसर पारेर आगामी असार ३१ गते हुने कार्यक्रममा लोकनृत्य छनौट प्रतियोगितामा उत्कृष्ट तीन नृत्य प्रतियोगीहरुलाई नृत्य गराई सर्वोत्कृष्टलाई ५ हजार एकसय र दुई जनालाई जनही दुई हजार एकसय रुपैयाँले पुरस्कृत गरिने संस्थाका अध्यक्ष टंक काफ्ले ‘विकल्प’ले बताए । प्रतियोगिताको निर्णायकहरुमा झापा जिल्ला नृत्य कलाकार संघका अध्यक्ष एलसी श्रेष्ठ र महासचिव राज सुब्बा लावती रहेका थिए ।

साहित्य चौतारी झापाका अध्यक्ष टंक काफ्ले ‘विकल्प’को अध्यक्षता तथा वरिष्ठ गीतकार तथा चौतारीका संस्थापक अध्यक्ष शिवशंकर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक हिम्मत नेम्वाङले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव दिलीप घिमिरेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here