शेयर सदस्यको अभिभावक बन्दै सिम्रिक

0
653

मेचीनगर।

झापाको बिर्तामोड– ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले धुलाबारी शाखा अन्तर्गतका शेयर सदस्यहरुलाई उपचार राहत प्रदान गरेको छ ।

संस्थाको सदस्य उपचार राहत नीति बमोजिम चारजना सदस्यलाई विभिन्न रोगको उपचारका लागि राहत रकम प्रदान गरेको हो । जसअन्तर्गत सविता खबासलाई १२ हजार आठ सय २५ रुपैयाँ, लक्ष्मनिया दनुवारलाई पाँच हजार आठ सय नौ रुपैयाँ, पुनम दनुवारलाई दुई हजार चार सय दुई रुपैयाँ र सन्तोष मेचेलार्ई दुई हजार रुपैयाँ प्रदान गरिएको हो ।
संस्थाका विभागीय प्रमुख विजय बस्नेत, धुलाबारी शाखा प्रमुख अञ्जु प्रधानसहित कर्मचारीहरुको टोलीले बिरामीहरुको घरमै गएर उपचार राहत प्रदान गरेका थिए ।

त्यस्तै शेयर सदस्य सीतादेवी साहाको असामयिक निधनप्रति शोक व्यक्त गर्दै सिम्रिक सहकारीको टोलीले मृतक परिवारका दीपनारायण साहलाई समवेदना पत्र प्रदान गरेको छ । मृतक साहको परिवारलाई यसअघि नै सदस्य उपचार सुविधा प्रदान गरिसकिएको विभागीय प्रमुख बस्नेतले जानकारी दिए ।

सिम्रिक साकोसले आफ्ना शेयर सदस्यहरुको निधन पछि तिनको नाममा बाँकी रहेको कर्जा मिनाह गरिदिनु मात्र होइन मृतक सदस्यको घर परिवारमा नै पुगेर समवेदना व्यक्त गर्दै काजकिरिया खर्च समेत प्रदान गर्ने गरेर अभिभावकत्व समेत ग्रहण गरेको संस्थाका अध्यक्ष कमलबहादुर बस्नेत बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here