प्रदेश सांसद बुढाथोकीले धान रोपे

0
685

शान्तिनगर ।

प्रदेश नम्वर एकका सांसद गोपाल चन्द्र बुढाथोकीले बुद्धशान्ति गाउँपालिका–६ मा धान रोपेका छन् । शान्तिनगर कृषि सहकारी संस्थाको आयोजना तथा बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित सामुहिक धान रोपाईको अवसरमा सांसद बुढाथोकीले पनि अन्य रोपारहरुसंगै धान रोपेका हुन् ।

‘धान खेतीमा प्रविधि र यान्त्रिकिकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मुल नारासहित आयोजित सामुहिक धान रोपाईको प्रमुख अतिथि प्रदेश नम्वर एकका सांसद बुढाथोकीले उद्घाटन गरेका थिए ।

१६ औं राष्ट्रिय धान दिवशको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि बुढाथोकीले प्रविधि, यान्त्रिकरण र दक्ष जनशक्ति प्रयोग गरी धानको उत्पादन बढाउनु पर्नेमा जोड दिए । उनले देशमा करडौं रुपैयाँको चामल बाहिरबाट ल्याउनुपर्ने बाध्यता हटाउन सवै क्षेत्रबाट सहयोग चाहिने बताए ।

धानमा देश आत्मनिर्भर बन्न स्थानीय, संघीय र केन्द्रले आवश्यक नीति र विस्वासिलो आधार नबनेसम्म आयत प्रतिस्थापन घटाउन नसकिने उनको भनाई छ । झापामा धान सुपरजोन, सुपारी जोन, रवर जोन घोषणा गरिएको चर्चा गर्दै उनले दक्ष जनशत्ति प्रयोग गरि कृषि क्षेत्रमा आत्मनिर्भर हुन सकिने बताए । कृषि क्षेत्रको विकासका लागि कस्तो नीति निर्माण गर्दा किसानको हित हुन्छ लिखित सुझाव दिन समेत उनले सवैमा आग्रह गरे ।

संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दुर्गा ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भूर्तेल, ६ नम्वर वडाध्यक्ष शम्भु पौड्याल, शिक्षक दीपक गौतम, समाजिक ब्यक्तित्व रुद्र पोख्रेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

संस्थाका सदस्य रुद्र पोख्रेलको ५ कठ्ठा जग्गामा गरिएको सामुहिक रोपाईमा परम्परागत संस्कृति झल्कने नौमति बाजा र असारे गीत गाउँदैं सहभागिहरुले रोपाई गरिएको थियो । रोपाईसंगै सामुहिक दहि, चिउरा खाने कार्यक्रम समेत आयोजना गरिएको थियो । २०६६ सालबाट सञ्चालनमा आएको संस्थाले गत बर्षबाट असार १५ गते राष्ट्रिय धान दिवश धुमधामका साथ मनाउँदैं आएको छ । संस्थाका अध्यक्ष दिलनाथ काफ्लेले औचित्यमाथि प्रकाश पारेको कार्यक्रम नीलमणी न्यौपाने र प्रमोद खतिवडाले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here