झापा टेम्पो सर्भिस प्रालिमा पुनः तामाङ

0
1018

बिर्तामोड ।

झापा टेम्पो सर्भिस प्रालिको प्रथम अधिवेशन बिर्तामोडमा सम्पन्न भएको छ । अधिवेशनले गोविन्द तामाङ अध्यक्षमा पुनः नयाँ नेतृत्व चयन गरेको छ । ११ सदस्यीय समितिको प्रथम उपाध्यक्षमा तीलविक्रम आचार्य, द्वितीय उपाध्यक्षमा रमेश चाम्लिङ राई महासचिवमा नीरकुमार खत्री, सचिवमा टोपराम राई र सह सचिवमा खड्गध्वज भट्टराई रहेका छन् ।

समितिको सदस्यमा नारायणकाजी राई, इश्वर मुर्मू, र चन्द्रकान्त चौधरी, चन्द्रप्रसाद अधिकारी रहेका छन् । एक जनालाई भने समितिको पहिलो वैठकले मनोनयन गर्ने बताइएको छ ।

बिर्तामोड नगरप्रमुख ध्रवुकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा अधिवेशन भएको थियो । नारायण काजी राईले स्वगत गरेको अधिवेशनको खुल्ला सत्रमा महासचिव निरकुमार खत्रीले प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७५÷०७६ को आय व्यय समेत प्रस्तुत गरेका थिए ।

अधिवेशनमा बिर्तामोड नगरपालिका – ५ का वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नारायणप्रसाद आचार्य, युनाइटेड इन्स्योरेन्स कम्पनीका प्रवन्धक नरेश पोखरेल, हलेसी टे«ड लिङ्गका सञ्चालक चुडामणि पौडेल, टेम्पोहरुको छाता संगठन जिल्ला समन्वय समिति झापाका कोषाध्यक्ष हरि वास्कोटा लगायतले बोलेका थिए ।

त्यसैगरी संचालक समितिको संयोजकमा लक्ष्मण भण्डारी, सदस्यमा दिवाकर पोखरेल, तीलविक्रम आचार्य रहेका छन् ।

दुर्घटना समितिको संयोजकमा नारायणकाजी राई,सदस्यमा चन्द्रकान्त चौधरी, चन्द्रप्रसाद अधिकारी रहेका छन् । त्यसैगरी सल्लाहकार समितिमा परमेश्वर प्याकुरेल र सदस्यमा डम्वरकुमार राई , गोपाल खड्का रहेका छन् ।

कार्यक्रम सञ्चालन समितिका सचिव तथा प्रालिका व्यवस्थापक टोपराम राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here