झापामा २२ % रोपाइँ ! हचुवाको तथ्याङ्क

0
736

बितामोड।

राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २६.५ प्रतिशत छ । त्यसमा पनि २० प्रतिशतभन्दा बढी हिस्सा धानले ओगटेको कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा.युवकध्वज जसीले बताए ।

राष्ट्रिय खाद्य सुरक्षामा प्रमुख योगदान दिने र नेपालीको बिहान–बेलुकाको छाक टार्ने विशेष बालीका रुपमा चिनिएको धानको उत्पादकत्व बढाउन सरकारले समेत विगत १५ वर्षदेखि विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सांस्कृतिक कार्यक्रमसहित रोपाइँ महोत्सवको आयोजना गर्दै धानको उत्पादकत्व बढाउन हरेक वर्ष देशैभरि सरकारले असार १५ मा विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि असारे गीत गाउँदै असार १५ मा कृषकले रोपाइँ महोत्सव सम्पन्न गरेका छन् ।

धान खेती प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण भन्ने मूल नारासहित यस वर्ष पनि १६ औं राष्ट्रि««य धान दिवस मनाइ रहँदा अन्नको भण्डार भनिने झापामा भने हालसम्म २२ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कषि ज्ञान केन्द्रका प्रमुख शालिग्राम भट्टराईले जानकारी दिए । उनका अनुसार पानी नपरेका कारण हालसम्म झापाली कृषकले २२ प्रतिशत मात्र रोपाइँ गरेका हुन् ।

केही वर्ष अघिसम्म झापामा ९० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेपनि गत वर्ष ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । ढिलो गरी मनसुन शुरु भएका कारण पर्याप्त मात्रामा पानी नपर्दा झापाली कृषकले भर्खर मात्र धान रोप्न शुरु गरेका छन् । पानी पर्न शुरु गरे यो महिना भित्रै झण्डै ७५ प्रतिशत कृषकले रोपाइँ सक्ने भट्टराईले बताए ।

गत वर्ष यो अवधिमा २५ प्रतिशतभन्दा बढी रोपाइँ भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । झापाका अधिकांश स्थानमा सिँचाईभन्दा आकाशे पानीको भर पर्नु पर्ने अवस्थाका कारण झापामा कम रोपाइँ भएको हो ।

यता ०७४÷०७५ मा नेपालमा सर्वाधिक धान उत्पादन ५६ लाख १० हजार मेट्रिक टन भएको थियो । विगत १० वर्षको तथ्याङ्क हेर्दा नेपालमा धान उत्पादन वृद्धि भएका वर्षहरूमा कृषि क्षेत्रको वार्षिक वृद्धिदर र कूल ग्राहस्थ उत्पादनको वृद्धिदरसमेत उच्च रहेको छ । धान उत्पादन घटेका वर्षहरूमा आर्थिक वृद्धिदरसमेत घटेको पाइन्छ ।

हचुवाको भरमा तथ्याङ्क !

कृषि ज्ञान केन्द्र झापाले २२ प्रतिशत क्षेत्रफलमा रोपाइँ गरिएको भने पनि तथ्याङ्क संकलन भने हचुवाकै भरमा हुने गरेको छ ।

अगुवा किसानसँंगको टेलिफोन सम्पर्क, पालिकामा रहेका कृषिका सम्पर्क कार्यालय र फिल्ड भिजिटबाट तथ्याङ्क संकलन गरिने भनिए पनि सो तथ्याङ्क हचुवाको भरमा हुने गरेको बताइन्छ ।
अझै पनि कतिपय पालिकामा कृषिका कर्मचारीले आफ्नो क्षेत्रमा कति हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ तथ्याङ्कसमेत तयार गर्न सकेका छैनन् ।

वाह्रदशी गाउँपालिकाका कृषि शाखा प्रमुख झण्डै डेढ महिनादेखि कार्यालय बाहिर छन् । सो क्षेत्रमा उनी नहुँदा सम्र्पूण काम अवरुद्ध भएपछि पशु शाखाका कर्मचारी देवकुमार यादवलाई कार्यालयको कामको जिम्मेवारी दिइएको छ । न उनीसंँग वाह्रदशीमा कति हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ भन्ने तथ्याङ्क छ, नत कति हेक्टर क्षेत्रफलमा धान लगाइयो भन्ने ।

जिल्ला कृषि ज्ञान केन्द्रले समग्र झापाको रोपाइँको अबस्था बताए पनि कुन पालिकामा कति रोपाइँ भयो त्यसको तथ्याङ्क नरहेको बताइएको छ । तर, कृषि ज्ञान केन्द्रका प्रमुख भट्टराईले अगुवा किसानसँंगको टेलफोन सम्पर्क, पालिकामा रहेका कृषि कार्यालयसँंगको सम्पर्क र फिल्ड भिजिटबाट तथ्याङ्क संकलन गरिने बताएका छन् ।

कार्यालयको नाम अझै जिल्ला कृषि विकास नै

मुलुक संघीय संरचनामा गएसंँगै कतिपय मन्त्रालय र सरकारी कार्यालयको नामसमेत परिवर्तन भएका छन् । कृषि विकास मन्त्रालयको नाम परिवर्तन हुँदै कृषि तथा पशुपंक्षी मन्त्रालयमा रुपान्तरण भयो भने जिल्लामा रहेका कृषि विकास कार्यालय पनि कृषि ज्ञान केन्द्रका रुपमा रुपान्तरित भए ।

तर, झापामा रहेको कृषि ज्ञान केन्द्रको वेभसाइट भने अझै जिल्ला कृषि विकास कार्यालय नै रहेको छ । जततउस्ररधधध।मबमयवजबउब।नयख।लउ मा लगइन गर्दा अझै पनि कार्यालयको वेभसाइट जिल्ला कृषि विकास कार्यालय नै भनेर खुल्ने गरेको छ । तर, जिल्ला कृषि विकास कार्यालयको नाम परिवर्तन भएको दुई वर्ष बितिसकेको छ । त्यतिमात्र हैन कार्यालय प्रमुखको नाम पनि वेभसाइटमा प्रकाशकुमार डाँगी छ । तर अहिले कार्यालयको जिम्मेवारी शालीग्राम भट्टराईले सम्हालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here