तरुण दलले दियो कारागारलाई जस्तापाता

0
323

भद्रपुर।

क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको झापा जिल्ला कारागारमा उनीहरुको बसोबासमा सहजताका लागि नेपाल तरुण दल २ नं. क्षेत्रीय समितिले जस्तापाता प्रदान गरेको छ ।

आइतबार भद्रपुरस्थित जिल्ला कारागार परिसरमा आयोजित कार्यक्रमकाबीच एक लाख ५५ हजार मूल्य बराबरको २५ बन्डल जस्तापाता प्रदान गरिएको तरुण दलका क्षेत्रीय सभापति राजु न्यौपानेले बताए । कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता सुधिरकुमार शिवाकोटीसहित तरुण दलको टोलीले समारोहका अध्यक्ष जेलर राजेन्द्र निरौलालाई जस्तापाता हस्तान्तरण गरे ।

कारागार आन्तरिक प्रशासन प्रमुख मोहन धितालले स्वागत गरेको कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय महासचिव भूपेन्द्रजंग शाही, कांग्रेसका बिर्तामोड सभापति भोजराज सिटौला लगायतले तरुण दलको मानवीय कार्यको प्रशंसा गरे ।

नेपाली कांग्रेस तथा तरुण दलका जिल्ला, क्षेत्र, गाउँ, नगरका नेता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको उल्लेख उपस्थिति रहेको कार्यक्रमको सञ्चालन युवराज गिरीले गरेका थिए । जिल्ला कारागारमा कैदीबन्दीको अवस्था अत्यन्त दयनीय रहेका कारण विभिन्न क्षेत्रबाट सहयोग प्रदान गर्ने कार्य जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here