११ महिनामा २२ जना घुस सहित पक्राउ

0
667

बारा।

चालु आर्थिक बर्षको ११ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा, पर्सा जिल्लामा मात्रै स्टिङ अपरेशनगरि घुस सहित २२ जनालाई रंङ्गेहात पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा स्थित कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत साउनदेखि जेठ ३० गतेसम्म अख्तियारले गरेको स्टिङ अपरेशन अन्तरगत घुसको रकम सहित २२ जनालाई रंङ्गेहात पक्राउ गरेको छ ।
त्यसैगरी अख्तियारले चालु आर्थिक बर्षको ११ महिनामा भ्रष्टाचार र अनियमितता गरेको आरोपमा पर्सामा २ सय १५ वटा, बारामा २ सय ४५ वटा, रौतहटमा १ सय ४५ वटा उजुरी परेकोमा पर्सामा १ सय १७ वटा, बारामा १ सय ९३ वटा र रौतहटमा १ सय ४१ वटा उजुरीको छानविन सकेको आयोगका हेटौडा स्थित कार्यालयका उपसचिव देवकुमार राईले बताउनुभयो ।

सो क्रममा बारा, पर्सा रौतहटमा स्थानिय तह, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, मालपोत, नापी, भूमिसुधार लगायतका कार्यालयमा कार्यरत ६८ जना अधिकृत तथा कर्मचारीहरु माथि कारवाही चलाएको राईले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here