टेनिस प्रतियोगितामा भाग लिन अध्यक्ष थापा भुटान प्रस्थान

0
875

काठमाडौँ, 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा टेनिस प्रतियोगितामा सहभागी हुन आज भुटानतर्फ प्रस्थान गर्नुभएको छ ।

भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गर्ने ५औँ भारत–भुटान मैत्री टेनिस प्रतियोगितामा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । मङ्गलबारदेखि शुरु हुने उक्त प्रतियोगितामा सहभागी भई उहाँ यही असार २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष थापाले उक्त प्रतियोगितामा मुलुकको प्रतिष्ठा उचाइमा पु¥याउन आफूले भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिनुभयो ।

फुटबलको राष्ट्रिय खेलाडिसमेत रहनुभएका अध्यक्ष थापा यसअघि अलइण्डिया लङ टेनिस एशोसिएशनले भारतमा आयोजना गरेको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा प्रथम हुनुभएको पार्टीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here