७ हजार २ सय १४ पशुको स्वास्थ्य जाँच

0
730

बिर्तामोड।

पशुपालक किसानलाई लक्षित गर्दै झापाको शिवसताक्षी नगरपालिका – १० मा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

बिर्तामोडमा – २ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्थाको आयोजना र गैंडे सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा पशु स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

शिविरमा त्यस क्षेत्रका स्थानीयले पशुको स्वास्थ्य जाँचका लागि आ– आफ्ना पशु ल्याएका थिए । वर्षाको समयमा पशुमा जुका नाम्ले जस्ता रोगले बढी सताउने भएकाले किसानका पशु स्वास्थ्य राख्न शिविरको आयोजना गरिएको डा कमलेश्वर भाटले बताउनुभयो ।

शिविरमा शिवसताक्षी नगरपालिका पशु सेवा शाखा दुधेको समेत प्राविधिक सहयोग रहेको बताइएको छ । शिविरको उद्घाटन गर्दै शिवसताक्षी नगरपालिका– १० का वडा अध्यक्ष पूर्णवहादुर थापाले सहारा नेपालले आफ्नो वडामा निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गर्दै यहाँका किसानलाई लाभान्वित बनाएको बताउनुभयो ।

झण्डै पाँचसय परिवारलाई लक्षित गर्दै आयोजना गरिएको शिविरमा तीन लाख रुपैयाँ बरावरको औषधि समेत निःशुल्क वितरण गरिएको छ । शिवसताक्षी नगरपालिकामा ४५ हजारको हाराहारीमा पशु रहेको नगरपालिकाका पशु विकास अधिकृत प्रमोद झाले बताउनुभयो ।

सामुदायिक वनका अध्यक्ष अमृतवहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा डा कमलेश्वर भाट, डा विष्णुप्रसाद कुसहवा, प्राविधिक प्रविण कोइराला, सृजना आचार्य, ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता दिपेन्द्र पराजुली, शरण चौहान, पशु सेवा शाखा दूधेका राम अवतार यादव, मानवहादुर लम्जेल, रीता घिमिरे लगायतले पशुको स्वास्थ्य जाँच र औषधि वितरणमा सहयोग पु¥याएको सहारा नेपालका कार्यक्रम संयोजक टीपी शर्माले जानकारी दिए ।

शिविरमा ३ सय ४० परिवारको ७ हजार २ सय १४ पशुको स्वास्थ्य जाँच गर्दै निःशुल्क औषधि वितरण गरिएको छ । थारै लगानीमा धेरै आम्दानी गर्द सकिने भएपछि झापामा अहिले व्यवसायिक पशुपालन थालिएको छ । राज्यले समेत कृषि र पशुपालन व्यवसायलाई प्राथमिकतामा राखेपछि किसानको रुची व्यवसायिक पशुपालन तर्फ गएको हो ।

परम्परागत रुपमा भन्दा आधुनिक र उन्नत जातका पशु पालन गर्दा राम्रो आर्थिक उपार्जन गर्ने भएपछि किसानले पशुपालन व्यवसायलाई प्राथमिकतामा राखेका हुन् । विशेष गरी विदेश गएर फर्किएका युवाले झापामा व्यवसायिक रुपमा पशुपालन गर्दै आएका छन् । उनीहरुका पशुलाई स्वास्थ्य राख्न निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here