डेङ्गुका कारण ३५ जनाको मृत्यु, २३ हजार प्रभावित

0
565

झापा ।

श्रीलङ्कामा डेङ्गुका कारण पछिल्लो छ महिनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

सरूवा रोग नियन्त्रण इकाईले सोमबार दिएको जानकारी अनुसार यस अवधिमा अरु २३ हजार जना डेङ्गुबाट प्रभावित भएका छन्। जुलाईको अन्त्यसम्ममा कुल प्रभावितको संख्या २३ हजार ८४२ रहेको अधिकारीहरुले जानकारी दिएका छन्।

सवैभन्दा धेरै कोलम्बो जिल्लाका प्रभावित भएको पाइएको छ। प्राप्त विवरण अनुसार कोलम्बोमा पाँच हजार ५९ जना प्रभावित भएका छन् भने दोस्रो धेरै विरामी गाम्पाहामा भएका छन्। गाम्पाहामा तीन हजार ५२ र तेस्रो धेरै प्रभावित भएको गाल्लेमा दुई हजार ३१ जना विरामी भएका छन्। बर्षा जारी रहेकाले अहिले कोलम्बो, गाम्पाहा, गाल्ले, कालुतारा र रत्नपुरा गरी पाँच जिल्लालाई डेङ्गुको उच्च जोखिम जिल्लाको रूपमा घोषणा गरिएको छ।

उच्च ज्वरो, अनियन्त्रित वान्ता, पेट दुखाई, चक्कर लाग्ने, पिसाबसम्वन्धी समस्यालगायतका लक्षणहरू देखिनासाथ चिकित्सकहरुसँग परामर्श गर्न चिकित्सकहरुले आग्रह गरेका छन्। ुज्वरो आएका सवै विरामीहरुलाई आरामको आवश्यकता पर्दछ, उनीहरुले केही दिन आफ्नो कामबाट विदा लिनु पर्दछ,ु एक विषेशज्ञले भने ।

श्रीलङ्कामा गत बर्ष मात्रै ५० भन्दा बढीको डेङ्गुका कारण मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी प्रभावित भएको थाहाखबरले समाचार प्रकाशन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here