दमकको उत्तरी क्षेत्रका बस्तीमा हात्ती आतङ्क, स्थानीय बासिन्दा त्रासमा

0
360

दमक,

झापा दमकको उत्तरी क्षेत्रका बस्तीमा हात्ती आतङ्क फैलिएको छ । दमक वडा नं ३ दुम्सेस्थित जङ्गल नजिकको बस्तीमा वर्षायामका समयमा जङ्गली हात्ती पसेपछि रातैभर त्यहाँका बासिन्दाले त्रासमा रात कटाउनुपरेको छ । हंसेदुम्से वनबाट हात्तीको समूह नै बस्तीमा प्रवेश गरेपछि त्यहाँको जनजीवन त्रासपूर्ण बन्दै गएको दमक–३ का वडाध्यक्ष नवीन बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जङ्गलबाट निस्किएको हात्तीले त्यहाँका किसानको अन्नबालीसहित घरमा क्षति पु¥याउँदै आएको छ । हात्तीले खेतमा पाकेको मकै, धान खाइदिने गरेको उहाँले बताउनुभयो । स्थानीय दलबहादुर राई र हेमसागर पोखरेलको खेतमा केही दिनअघि मकैबाली खाएर नोक्सानी पु¥याएको हो । हात्तीका कारण त्यस क्षेत्रका बासिन्दाले सधैँ त्रासमा रातभर जाग्राम बस्नुपर्ने भएको वडाध्यक्ष बरालले गुनासो सुनाउनुभयो ।

बेलाबखत हात्ती बस्तीमा पसेपछि रातैभर हात्तीको त्रासमा जाग्रामजस्तै बसाइँ हुने गरेको वडाध्यक्ष बरालले बताउनुभयो । जङ्गली हात्तीका कारण वर्षेनी सो क्षेत्रमा एक÷दुई जनाको ज्यानै जानेसम्मका घटना भएका छन् भने अन्नबाली र घरमा दैनिकजसो क्षति पु¥याउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here