राज्यले दिएको सुविधा उपभोग गर्न नपाएको ज्येष्ठ नागरिकको गुनासो

0
465

दाङ। 

दाङका ज्येष्ठ नागरिकले सरकारले आफूहरुलाई स्वास्थ्य, यातायातलगायतका क्षेत्रमा दिएको सहुलियत उपयोग गर्न नपाएको गुनासो गरेका छन् । सामुदायिक प्रहरी सेवा केन्द्रले मङ्गलबार तुलसीपुरमा ज्येष्ठ नागरिकसँग गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्ने ज्येष्ठ नागरिकले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१० निवासी ७६ वर्षीया सुमित्रा भण्डारीले उपचारका लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा गएँ तर त्यहाँ अरुको लामो लाइनमा बस्नुप¥यो, चिकित्सकले जाँच्नुभयो, औषधि लेखिदिनुभयो । औषधी किन्दा कुनै पनि निःशुल्क पाइनँ र छुट पनि पाइनँ भन्दै उहाँले गुनासो गर्नुभयो ।

त्यसैगरी तुलसीपुर नगरपालिका–६ का ७० वर्षीय नवराज लामिछानेले गत साता घोराही जानका लागि तुलसीपुरबाट बस चढे, सहचालक भाडा माग्न आए, मैले सरकारले उपलब्ध गराएको परिचयपत्र देखाएँ तर सहुलियत पाउनुको साटो सहचालकले पूरा भाडा नदिने भए झर्नुहोस् भन्दै आफूमाथि दुव्र्यवहार गरेको दुखेसो पोख्नुभयो ।

भण्डारी र लामिछानेले मात्र होइन सो अन्तक्र्रिया कार्यक्रममा बोल्ने अधिकांश ज्येष्ठ नागरिकले आफूलाई राज्यले यातायात र स्वास्थ्य क्षेत्रमा दिएको सहुलियत प्रयोग गर्न नपाएको गुनासो गरेका छन् । उनीहरुले राज्यले उपलब्ध गराएका सेवा कार्यान्वयन गर्न माग गरेका छन् । उनीहरुले एकै स्वरमा भने सरकारले आफूहरुका लागि भत्ता बढायो, निकै खुशी छाँै, अब यातायात र स्वास्थ्य क्षेत्रमा पनि सुधार गराउनुप¥यो ।

कार्यक्रममा पूर्वशिक्षक तथा ज्येष्ठ नागरिक शङ्कर दिवस मजगैँयाले सार्वजनिक यातायातमा राज्यले ज्येष्ठ नागरिकका लागि सिट छुट्याए पनि व्यवसायीले कार्यान्वयन नगरेको गुनासो गर्नुभयो ।

ज्येष्ठ नागरिक समाज तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारीले ज्येष्ठ नागरिक ऐन र निमावलीमा ज्येष्ठ नागरिकका लागि यातायातमा ५० प्रतिशत छुट, नेपाल सरकारले सरकारी अस्पतालमा निःशुल्क जाँच र सरकारले निःशुल्क स्वास्थ्य संस्थालाई प्रदान गर्ने औषधि ज्येष्ठ नागरिकलाई निःशुल्क प्रदान गर्ने र ज्येष्ठ नागरिक उपचारका लागि आएपछि छुट्टै लाइनमा बस्ने व्यवस्था गरेता पनि त्यसो हुननसकेको बताउनुभयो । उहाँले राज्यले दिँदै आएको सामाजिक सुरक्षाभत्ताका लागि कानूनी प्रक्रिया झन्झटिलो भएको भन्दै हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै पुगेर भत्ता दिने व्यवस्था मिलाइदिन माग गर्नुभयो ।

तुलसीपुर उपमहानगरपालिका–५ का कार्यवाहक वडाध्यक्ष सावित्रा गुरुङले ज्येष्ठ नागरिकका समस्याप्रति आफू गम्भीर रहेको र कार्यान्वयनमा पहल गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो । राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले ज्येष्ठ नागरिकले यातायात क्षेत्रमा खेप्दै आएका समस्या समाधान गर्नका लागि आफू गम्भीर भएर लाग्ने बताउनुभयो । उहाँले यातायात व्यवसायीबाट भएका कमीकमजोरीलाई सच्याउने र उहाँहरुलाई सुरक्षित तथा सहुलियतमा यातायात सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here