सडक कार्यालय बजेट सक्ने हतारोमा

0
656

बितामोड।

विकासे अड्डाका रुपमा चिनिएको डिभिजन सडक कार्यालय दमकलाई अहिले बजेट सक्न हतारो छ ।

आर्थिक वर्षको लामो समयसम्म काम नगर्ने र समय घर्किएपछि हतारमा बजेट खर्च गर्न लागेको डिभिजन सडक कार्यालय दमकले विल फरफारक गर्नु पर्ने समयमा सम्झौता गर्दै विकास निर्माणको झारो टार्र्दैछ ।

सुरुङ्गा– लसुना सडक खण्ड विस्तारका लागि विनियोजित तीन करोड रुपैयाँ खर्च गर्न अहिले डिभिजन सडक कार्यालय दमकलाई हम्मे–हम्मे परेको छ । २५ असारसम्ममा सडक निर्माणको सबै काम सम्पन्न गरी हिसाव फरफारक गर्नु पर्ने हुन्छ । तर, २२ दिन अघिबाट सुरुङ्गा– लसुनासम्मको अमरपथ सडक खण्डको भाग ब्ल्याकटप र ४ लेनको बनाउन शुरु गरिएको छ । चार किलोमिटर क्षेत्र भित्र ब्ल्याकटप पर्दै कालोपत्रे गरिने र बाँकी सडक खण्डलाई ४ लेनको बनाउने कम शुरु भएपनि गुणस्तरहीन काम भइरहेको स्थानीयवासीले आरोप लगाएका छन् ।

स्थानीय निकायसंँग साझेदारी गर्दै २२ दिन अघिबाट दुईवटा निर्माण कम्पनीले सो सडक खण्डमा काम शुरु गरेका थिए । शान्ति निर्माण सेवाले एक करोड रुपैयाँको र समता कन्ट्रक्सनले दुई करोड रुपैयाँ बराबरको काम सम्पन्न गर्ने गरी सडक डिभिजनसंँग सम्झौता गरेका छन् । सम्झौता अनुसार उनीहरुले असार २५ भित्रै सबै निर्माण सम्पन्न गरी विल फरफारा गर्नु पर्ने हुन्छ । तर, निर्माणको काम एक छेउ नभएको स्थानीयको भनाइ छ ।

७३५ मिटर सडक खण्डमा प्रिमिक्स गरी ब्ल्याकटप गर्नु पर्ने र अन्य सवै सडक चार लेनको ग्राभेल गर्नु पर्ने निर्माण व्यवसायीसँंग सम्झौता गरी काम थालिएको हो – डिभिजन सडक कार्यालय दमकका इन्जिनियर चन्द्रेश्वर साहले भने– ढिला गरी टेन्डर आह्वान गरिएकाले यस्तो समस्या आएको हो । तर, पनि समयमै काम सक्ने गरी सडकको काम भइरहेको छ ।

चालू वर्ष ०७५÷०७६ सकिन केही दिन बाँकी रहँदा बजेट सक्ने ध्याउन्नमा डिभिजन सडक कार्यालयले हतारोमा गुणस्तरहीन काम गर्दा समेत नियमनकारी निकायले चासो देखाएको छैन ।असारसम्ममा बजेट सक्नै पर्छ– इञ्जिनियर साहले भने– ‘जतिसक्दो चाँडो निर्माण कम्पनीले काम ग¥यो हामीलाई पनि निकासाका लागि उत्तिनै सहज हुन्छ ।’

स्थानीयवासीका अनुसार सो सडक खण्डमा २० प्रतिशत पनि निर्माणको काम सकिएको छैन, अब कसरी बाँकी दिनमा यत्रो काम सम्पन्न हुन्छ, उनीहरुले उल्टै प्रतिप्रश्न गरेका छन् । हतारोमा काम गर्दा असारे भेलसँंगै विकास निर्माणको काम पनि बगाएर लैजाने उनीहरुको भनाइ छ ।

कृषि सडकका रुपमा सो सडक खण्डलाई यस अघिपनि कालोपत्रे गरिएको थियो । तर, एक वर्ष बित्न नपाउँदै कालोपत्रे भत्किएपछि अहिले सो सडक डिभिजन कार्यालय दमकले कार्यालयमा आएको सालवसाली रकमले निर्माणको काम थालेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here