कारागारका प्रहरीले महिलामाथि अभद्र व्यवहार गरेको गुनासो

0
585

बितामोड।

झापा कारागारमा बन्दी रहेका आफन्त भेट्न गएका महिलामाथि कारागारको सुरक्षार्थ खटिएका प्रहरीले अभद्र व्यवहार गर्ने गरेको गुनासो आएको छ ।

कारागारमा आफन्त भेट्न गएका जो कोहीलाई प्रवेशद्वारमा नै नाम दर्ता गराउँदै आफूसँंग भएको मोवाइल सहितका सामग्री प्रहरीले राख्न लगाउने गरेको छ । सोही विवरणका आधारमा प्रहरीले राति फोन गरेर महिलालाई बारम्वार दुःख दिने, अनावश्यक शब्द बोल्ने, कारागारमा आफन्तलाई भेट्न आउँदा जिस्क्याउने, गलत मनसायले शरीरका संवेदनशील अंगमा हेर्दै आफ्ना अंगको बयान गर्ने जस्तो घृणित कार्य गर्ने गरेको एक महिलाले बताएकी छिन् ।

नाम गोप्य राख्न अनुरोध गर्दै उनले भनिन्– नाम दर्ता गर्ने ठाउँमा बसेका एक जना प्रहरीले पहिले देखिनै मलाई गलत नजरले हेर्दै आएका थिए । मेरा श्रीमान जेलमा हुनुहुन्छ, म खाना लिएर उहाँलाई भेट्न जाँदा धेरै पटक जिस्क्याएका थिए ।

तर, मैले वास्ता गरिँन, पछि त नामसँंगै टिपाएको मोवाइल नम्वरमा बारम्बार फोन सम्पर्क गर्दै अनावश्यक दुःख दिनथाले ।’

उनका अनुसार शरु–शुरुमा खवर खावर सोधेर गलत मनसाय व्यक्त गरेपछि कारागार सुरक्षार्थ खटिएका प्रहरी प्रमुख नरेश आचार्यलाई सो विषयमा जानकारी गराएपनि उनले आफ्नो कुराको सुनुवाई गर्नुको सट्टा उल्टै आफूलाई गलत नजरले हेरेको बताइन् ।

उनले भनिन्– शुरुमा मेरा कुरा सबै सुन्नुभयो सई सावले तर पछि उहाँ आफैं मलाई जिस्क्याउन थाल्नु भयो, यो कुरा मैले मेरा श्रीमानलाई पनि सुनाएँ ।’

प्रहरीले आफूमाथि गर्ने गरेको व्यवहार श्रीमानलाई सुनाएको थाहा पाएपछि प्रहरीले अहिले मलाई श्रीमानलाई खाना लिएर जाँदा भेट्न समेत समयमा दिँदैनन् –उनले थपिन्– आफूसँंगै आएका अरु सवै जान्छन्, उनीहरु फर्किएर आउँदा समेत म लगायत केही साथीलाई प्रहरीले विभिन्न बहाना बनाएर गेटमै रोकेर राख्ने गरेको छ ।

कति पटक भन्नु सई सावलाई उहाँले नै हामीलाई गिद्दे नजर लगाएपछि तपाइँहरुलाई भन्न बाध्य भयौं । उनीमात्र होइन चन्द्रगढीकै अर्की एक महिलाको पनि समस्या उस्तै छ । उनले पनि नाम दर्ता गराउँदा दिएको मोवाइल नम्वरमा धेरै पटक प्रहरीले यौन सम्वन्ध राख्न गरेको प्रस्तावको सामना गर्नुप¥यो । उनी भन्छिन्– कस्ता नर पिपासु हुँदा रहेछन् पुलिस, श्रीमान जेलमा छन् भनेपछि हामी महिलालाई के सम्झन्छन् उनीहरु आफूलाई ? पुलिसले भनेको शब्द सम्झिँदा पनि कन्पारो तातेर आउँछ ।

यता यस विषयमा कारागार सुरक्षा प्रमुख आचार्यलाई जिज्ञासा राख्दा उनी भन्छन्– ‘एक प्रहरी हबल्दारले विवरण किताव खातामा रहेको नम्वर हेरेर महिलालाई फोन गर्ने गरेको थाहा भएलगत्तै उनलाई कारवाही गर्दै जिल्ला पठाएको छु , तर आफूले भने कुनै पनि कैदीका आफन्तलाई कुनै किसिमको दुव्र्यवहार गरेको छैन, सबैलाई सम्मानजनक व्यवहार नै गरेको छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here