लिङ्ग काटेर केटालाई केटी बनाएपछि…

0
666

झापा ।

भारतमा तेस्रो लिङ्गीहरूले पैसा कमाउनका लागि कञ्चनपुर कृष्णपुर नगरपालिका–१ का २३ वर्षीय सुरेन्द्रसिंह मालको लिंग काटिदिएपछि उनको भविष्य नै वर्वाद भएको छ ।

सुरेन्द्र ०७२ सालमा १२ कक्षाको परीक्षा दिएर पढाइ खर्चको जोहो गर्न भारत गएका थिए । भारतमा हुँदा तेस्रोलिङ्गी गिरोहले लिङ्ग नै काटिदिएपछि जीवन नै बर्बाद भएको सुरेन्द्रले बताए । गिरोहले उनलाई महिला बनाएर कमाउने धन्दामा प्रयोग गरेका थिए । उनले भने – ’लिङ्ग काटिदिए, महिला बनाएर महिलाकै जस्तो काम गराए ।’

दिल्लीभन्दा करिब ५० किलोमिटर टाढाको मेरिट भन्ने शहरका नइम खानले उनको लिङ्ग काटेर प्रयोग गरेका थिए । महिला भएपछि उनी लाजले घर आउन सकेका थिएनन् । तर, उनलाई त्यहाँ समस्या भएपछि ०७६ वैशाखको विशु पर्वका लागि गत वर्ष चैत अन्तिम साता नेपाल आएका थिए । शुरूमा महिलाको भेषमा नेपाल आउँदा कसैले सुरेन्द्र भनेर पत्याएका थिएनन् । अन्तमा उनको निधारमा भएको घाउ र स्वरबाट परिवारले चिनेको बताइएको छ ।

रोचक कुरा के छ, भने लिङ्ग काटेर तेस्रोलिङ्गी बनाइदिने रिजमान खानका छोरा सुहिलले सुरेन्द्रलाई प्रेम गर्न थालेका छन् । सुहिलसँगै नेपाल आएका सुरेन्द्रको विषयमा आफन्तले चासो राख्न थालेपछि उनीमाथि अन्याय भएको थाहा पाएको हो । अङ्गभङ्ग बेचबिखन गरेको भन्दै सुरेन्द्रको परिवारले खानलाई कारबाहीको माग राखेपछि केटालाई केटी बनाएको तथ्य खुलेको हो ।

उनको परिवारले प्रहरीमा निवेदन दिएसँगै खानलाई लिन आएका दुईसहित तीन जना भारतीय नागरिक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा छन् ।

मुलुक अपराध संहिता २०७४ को दफा ५२ अनुसार अङ्गभङ्ग गरेमा वा पुरुषलाई पुरुषत्वहीन गरेमा १० वर्ष कैद र एक लाख जरिवानाको व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here