मुलुकभर जेठमा मात्रै १६५ महिलामाथि हिंसाका घटना

0
556

काठमाडौँ,

महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गत जेठमा मात्रै मुलुकभर १६५ लैङ्गिक विभेदमा आधारित महिला हिंसाका घटना भएका जनाएको छ ।

आरेकले आज सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार जेठमा ७८ घरेलु हिंसा, ५२ यौन हिंसा, १४ सामाजिक हिंसा, छ हत्या, छ मानव बेचविखन र तीन पारिवारिक स्रोतका अनुसार लैङ्गिक विभेदका कारणले आत्महत्याका घटना भएका छन् । त्यस्तै दुई बेचविखन प्रयास र चार अन्य प्रकारका हिंसाका घटना भएका ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिनुभयो ।

उमेरका आधारमा विश्लेषण गर्दा सबैभन्दा धेरै ५० जना १७ देखि २५ वर्ष उमेर समूहका महिला छन् भने त्यसपछि हिंसामा पर्ने ४६ जना १६ वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् । त्यस्तै ३९ जना २६ देखि ३५ वर्ष उमेर समूहका, १९ जना ३६ देखि ४५ वर्ष उमेर समूहका रहेका आरेकले जनाएको छ ।

प्रभावित र आरोपितको सम्बन्धलाई विश्लेषण गर्दा, सबैभन्दा बढी ६८ हिंसा श्रीमान्बाट भएको देखिएको छ भने त्यसपछि ४४ हिंसाका घटना छिमेकीबाट र १४ परिवारका सदस्यबाट भएको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here