ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

0
415

फिदिम,

पाँचथरको हिलिहाङ गाउँपालिका–१ आम्बोटेको पुष्पलाल मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

अमरपुरबाट सालिङ्गेतर्फ जाँदै गरेको मे १ त २२१८ नम्बरको ट्याक्टर अज अपराह्न अनियन्त्रित भई सडकबाट इञ्जिनको भाग करीब २०० मिटर तल र डालाको भाग करीब ५० मिटर तल खसेर दुर्घटना हुँदा जिल्लाको याङवरक गाउँपालिका–३ ओयाम बस्ने सुरेन्द्र सेलिङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक इलाम बिप्लाटेका सजल विश्वकर्मा र सहचालक ताप्लेजुङका कुमार लिम्बू सख्त घाइते रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक र घाइते पुष्पलाल मध्यपहाडी लोकमार्गमा काम गर्दै आएका बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here