बिर्तामोडका नगरप्रमुख शिवाकोटीले कार्यालयमै देखाए सूर्तिको फूर्ति (भिडियो सहित)

0
4500

सुरेन्द्र भण्डारी/ बिर्तामोड।

बिद्यार्थीको आनीवानी र आचरण सुधार्न भन्दै बिर्तामोड नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ । ‘बालमैत्री शिक्षणको सपना आचरणयुक्त समाजको परिकल्पना’ भन्दै नगरपालिकाले स्थानीय पाठ्यक्रम आचरण सचेतना शिक्षा नाम दिएर पाठ्य पुस्तक नै तयार ग¥यो । नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अगुवाईमा तयार गरिएको सो पाठ्यक्रम यो शैक्षिक सत्रमा कक्षा ३ र ४ मा लागू गरिएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि प्रस्तुत गरेको नीति कार्यक्रममा समेत आचरण सचेतना शिक्षालाई निरन्तरता दिँदै भोलिको समाज स्वास्थ्य र आचरणयुक्त बनाउने भन्दै कक्षा आठसम्मका विद्यार्थी यो पाठ्यक्रममा आधारित भएर शिक्षा दिने भनिएको छ । बालबालिकाहरुले आचरण तथा आत्मरक्षा, व्यक्तित्व विकास, पोषण स्वास्थ्य र योग शिक्षा, हाम्रो धर्म, संस्कृति र स्थानीय लोकवाजा, धर्म, संस्कृतिको समेत संरक्षण गर्न सक्ने र धूम्रपान मद्यपानको कुलतबाट टाढा राख्न सहयोग पुग्ने भन्दै स्थानीय पाठ्यक्रम तयार गरिएको नगरप्रमुख शिवाकोटीले बताए ।

तर,उनले भने सार्वजनिक स्थल(नगरपालिकाको कर्यकक्ष) मै बसेर सूर्तिजन्य पदार्थ सेवान गर्ने गरेको पाइएको छ ।

बिर्तामोड– भद्रपुर सडक खण्ड समयमा निर्माण नभएको भन्दै स्थानीय सरकारको नाताले समयमा ठेकेदारलाई काम गराउन पहल गर्न अनुरोध गर्दै बिर्तामोडका स्थानीयवासी, उद्योगी, व्यापारी, पत्रकार सहितको टोली नगरपालिकास्थित नगरप्रमुखको कार्यकक्षमा पुग्दा उनी खैनी मोल्न व्यस्त थिए ।

सडक निर्माणको विषयमा स्थानीयवासी, उद्योगी, व्यापारीले नगरप्रमुख शिवाकोटीलाई झण्डै एक घण्टासम्म आफ्ना कुरा राखेका थिए । उनीहरुले नगरप्रमुखसंग सडकका कारण स्थानीयले भोग्नु परेको पीडा शब्दमा व्यक्त गरिरहँदा उनीभने खैनी मोल्न र खैनी खान मै व्यस्त रहे । नगरप्रमुख शिवाकोटीले एक घण्टाको समयमा दुई पटक खैनी मोले र खान भ्याए । नगरप्रमुख शिवाकोटीले कार्यकक्ष मै खैनी खाँदा उपप्रमुख पवित्रा महतरा प्रसाई समेत उत्तरतर्फसंगै रहेको कुर्सीमा बसिरहेकी थिइन् ।

नगरप्रमुख शिवाकोटीले सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्र्ने) ऐन २०६८ को बर्खिलाव गर्दै कार्यकक्ष मै सूर्ति खादा नगर उपप्रमुख प्रसाई सहित बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपाने, नेपाल औषधि व्यवसायी संघ मेचीका पूर्व उपाध्यक्ष चेतनाथ तिम्सिना विनोद, छठ सेवा समिति बिर्तामोडका अध्यक्ष धनश्याम चौधरी, व्यवसायी रामेश्वर मण्डल लगायत उनको कार्यकक्षमा उपस्थित सबै मुकदर्शक मात्र बने ।

नगरका सबै विद्यालयमा अध्ययनरत बिद्यार्थीका लागि आचरण शिक्षा सिकाउने नगरप्रमुख शिवाकोटीले आफ्नै कार्यकक्षमा खैनी खाँदै गरेको श्रब्य दृष्य सामग्री पूर्वाञ्चलसंग सुरक्षित रहेको छ ।

ऐनको परिच्छेद– २ को दर्फा १ को क मा राज्य तथा सरकारी निकाय, संघ संस्था, ख मा शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्य सम्वन्धि संस्था लगायतलाई सार्वजनिकस्थल भनिएको छ । त्यस्ता सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ सेवन गर्न बञ्चित छ ।

ऐनको प्रस्तावना मै भनिएको छ ः धूम्रपान तथा सूर्ति सेवन मानव स्वास्थ्यको लागि अत्यान्त हानिकारक भएको र धूम्रपान तथा सूर्ति सेवनले मानव जीवनको आर्थिक सामाजिक र सांस्कृतिक क्रियाकलावमा समेत नकारात्कम असर पर्ने भएकाले सो कार्यलाई नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सूर्तिजन्य पर्दाथको आयत, उत्पादन , विक्री वितरण तथा सेवन गर्ने कार्यालाई न्यूनीकरण,नियन्त्रण तथा नियमन गर्ने सम्वन्धमा कानूनी व्यवस्था गर्न बाञ्छनीय भएकाले ।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ को उपधारा १ बमोजिम संविधान सभाले यो ऐन बनाएपनि नगरप्रमुख शिवाकोटीले ऐनको बर्खिलाप गर्दै कार्यकक्षमै सूर्ति जन्य पदार्थ सेवान गर्नुले नगरवासी विद्यार्थीले कस्तो आचरणयुक्त शिक्षा पाउने हुन् खोजिको विषय बनेको छ ।

सार्वजनिक स्थलमा सर्वसाधारण जो कोहीले सूर्तिजन्य पदार्थ सेवन गरे सजाय हुने ऐनको परिच्छेद ५ मा व्यवस्था नै रहेको छ । यता यस विषयमा नगरप्रमुख शिवाकोटीसंग पूर्वाञ्चलकर्मीले टेलिफोनमा सम्पर्क गर्दा उनले सो विषयमा केही बताउन चाहेनन् । उनले भने– ‘अहिले म बिर्तामोड– १० मा छु नेटवर्क क्लियर छैन अहिले राख्नुहोस् ।’

प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ ले राज्यको संघीय ढाँचा अन्तरगत स्थानीय आवश्यकता , स्थानीय विषय क्षेत्र र शैक्षिक व्यवस्था अनुरुपको सन्दर्भ सुहाउँदो पाठ्यक्रम निर्माण गरी लागू गर्ने अधिकार स्थानीय तहलाई दिएको हुँदा विर्तामोड नगरपालिका क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयले स्थानीय विषयका रुपमा स्थानीय पाठ्यक्रम तयार गरेको बताइएको छ । सो पाठ्यक्रमको लोकापर्ण शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गरेका थिए ।

हेर्नुहोस् यो भिडियो

नगरप्रमुखले यसरी खाए कार्यकक्षमा नै सुर्ती /यो लिङ्कमा क्लिक गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here